२०८२ माघ ९ गते | 22nd of January 2026

मास्क नलगाए सार्वजनिक यातायातमा चढ्न नपाइने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ६ गते १२:२६

काठमाडौं – अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सूचना तथा प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वजनिक सवारीभित्र प्रवेश गरेमा बढीमा १० रुपैयाँ लिएर चालक तथा सहचालकले नै मास्क उपलब्ध गराउनुपर्ने निर्णय भएको जानकारी दिए ।

उनका अनुसार गाडी सम्बन्धित ठाउँमा नपुग्दासम्म बीचमा यात्रु चढाउन नपाइने व्यवस्था पनि गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *