२०८१ वैशाख २२ गते | 4th of May 2024

न्यान्सको अध्यक्षमा प्रितेश कार्की टिमको उम्मेद्बारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ६ गते २१:०६

सानफ्रान्सिस्को – बे एरियाको २६ बर्ष पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स)को अध्यक्षमा प्रितेश कार्की र वहाँको टिमको औपचारिक उम्मेद्बारी घोषणा कार्यक्रम सम्पन्न भएको छ। नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे एरियामा सामुदायिक भवन बनाउने साझा उद्देश्य प्राप्तिकोलागि आफ्नो सिङगो टिम सक्षम रहेकोले उम्मेद्बारी घोषणा गर्नु परेको बताउनु भयो । आफु सबै जाती, धर्म र समुदायका साथीहरुलाई समेटेर लैजाने कटिबद्ध रहेको कार्कीको जिकिर थियो।

आफ्नो औपचारिक घोषणा गर्दै कार्कीले आफुले सामुदायिक भवन बनाउन कबोल गरेको रकम १५५५५ डलर मध्ये ११५०० डलर न्यान्सलाई हस्तान्तरण गरिसकेको र बाँकी ४५०० डलर पनि सोही कार्यक्रममा न्यान्सका बर्तमान अध्यक्ष श्री ईश्वरकान्त सिटौलालाई हस्तान्तण गर्नुभएको छ। वहाँको यो कदमले अन्य दातालाई पनि आफुले कबुलेको रकम न्यान्सलाई हस्तान्तरण गर्न उत्साहित गरेको र प्रशम्श्निय रहेको कार्यक्रममा उपस्थित सहभागीहरुले बताए।

बर्तमान अध्यक्ष श्री सिटौलाले अध्यक्षका प्रत्याशी प्रितेश कार्कीलाई शुभकामना दिदै आफुले पनि अगस्ट २०२१ सम्ममा कबुलेको रकम पुरा गर्ने प्रतिबध्ता ब्यक्त गर्नुभयो। उक्त कार्यक्रममा न्यान्सका संस्थापक अध्यक्ष गोपाल खड्कीले आफ्नो न्यान्ससँगको आबद्धताको समय स्मरण गर्दै भन्नुभयो प्रितेश कार्कीको उर्जामा आफ्नो पुरानो समयको उर्जा मेल खाएकोले कार्कीलाई १०० प्रतिसत नभएर १००० प्रतिसत समर्थन गर्ने बताउनु भयो र साथै अर्का न्यान्सको अध्यक्षमा उम्मेद्बारी घोषणा गर्नु भएका यज्ञलाल श्रेष्ठलाई पनि मिलेर जान आव्हान गर्नुभयो।

कार्यक्रममा कार्कीको टिमलाई साथ, शुभकामना, र समर्थन दिन बे एरियाका अग्रज तथा युवाहरुको बाक्लो उपस्थीती थियो। आफ्नो शुभकामना सन्देश ब्यक्त गर्नु हुनेहरुमा (न्यान्स) र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी)का पूर्व अध्यक्ष उत्तम कुमार कार्की, न्यान्सका पूर्व अध्यक्ष रबिन्द्र राइ, समाजसेवी बिजया सुबेदी, अग्रज तथा समाजसेवी भक्त थापा, जन संपर्क समितीका अमेरिकाका केन्द्रिय सदस्य चन्द्र धिताल, गोर्खा अमेरिका जन संपर्क समितीका अध्यक्ष विश्व भट्ट, न्यान्सका पुर्व सचिब नारायण पोख्रेल युवा समाजसेवी नुरेन बराल,एनआरएन क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष पूर्ण बानिया, एनआरएन क्यालिफोर्निया च्याप्टरका पूर्व उपाध्यक्ष तुल्सी चौलागाईं व्हाइट जोन अध्यक्ष हरी भट्ट,एनआरएन अभियान्ता सुनिता सापकोटा कंडेल, एनआरएन अभियान्ता दिपा भट्ट, न्यान्स पदधिकारी किलेशोर मल्ल, अभियान्ता जोशी बाबु(राजेन्द्र) एनआरएन अभियान्ता देव ओली रहनु भएको थियो।

न्यान्स अध्यक्षमा  प्रितेश कार्कीको उम्मेदवारी किन ?

१) बे एरियाको २६ बर्ष पुरानो संस्था नेपलिज एशोसिएशन अफ नर्दन क्यालिफोर्निया (न्यान्स) र नेपाली कम्यूनिटि सेन्टर (एनसीसी) सानफ्रानसिस्को बे एरियामा सामुदायिक भवन बनाउने साझा  उद्देश्य प्राप्तिकोलागि सुस्ताएको न्यान्सलाइ  नया जोश जागारण र उर्जा भरेर सन्स्था ब्युताउन


२) बे एरियाका बिभिन्न संघसंस्थाहरुसँग सुमधूर सम्बन्ध निर्माण गर्दै साझा उदेश्य प्राप्त गर्न सहकार्य सिघ्र सुरुवात गर्ने

३)  संस्थाको सपनाहरु, योजनाहरु, लक्ष्यहरु, निर्णयहरु, सुचनाहरु पारदर्शिढङले सस्थाको आधिकारिक सामाजिक सन्जालबाट प्रकाशन प्रासरण गर्ने

४)  बे एरियामा नेपाली काउन्सुलेट कार्यालय स्थापना गर्न पहल गर्ने

५)नेपाली भाषामै डिएमभी लिखित परीक्षा दिन मिल्ने ब्यबस्थाको लागि लायन्स क्लब लगायतका संस्थाहरुसँगको सहकार्यमा पहल गर्ने ।

६ ) नेपाली भाषा, कला, सन्स्क्रीतीको प्रबर्धन गर्न नेपाल महोत्सबको हरेक बर्ष आयोजना गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *