२०८२ पुष २७ गते | 11th of January 2026

ओली र नेपालबिच भेटवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ८ गते १३:४४

काठमाडौं  – नेपाल कम्युनिष्ट पार्टी  (एमाले) का अध्यक्ष  केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।  ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको जनाईएको छ  । लामो तिक्त्तता र संवादहिनता वीच दुई नेता वीच भएको भेटवार्तालाई महत्वपुर्ण मानिएको छ ।

सर्वोच्चको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ।  यसअघि आजै नेपाल पक्ष नेताहरूले ओलीविरूद्ध सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।  यसअघि माधव नेपाललगायत नेतालाई ओलीले छ महिनाका लागि निलम्बन पनि गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *