काठमाडौं – कोभिड १९ को संक्रमण नियन्त्रणका लागि वैशाख ३१ गतेसम्म नौवटा नियम पालना गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै वैशाख मसान्तसम्म यी नियम पालना गर्न सबैमा अनुरोध गरेको हो ।
यस्ता छन् नौ अनुरोध
– सार्वजनिक सवारी साधनमा सबैले अनिवार्य मास्क लगाउने
– सिनेमा हल, पार्टी प्यालेस, दर्शकसहितको खेलकुद, हाटबजार, जुलुस, आमसभा बन्द गर्ने
–विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिने
– डिपार्टमेन्टल स्टोर र मलभित्र भौतिक दुरी कायम गर्दै प्रवेश गर्ने
– सहरी क्षेत्रका विद्यालय भौतिक रुपमा बन्द गर्ने पूर्वनिर्धारित परीक्षाहरु जनस्वास्थ्यका मापदण्डसहित सञ्चालन गर्ने
– सभा सम्मेलन सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने
– धार्मिकस्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने, नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने
– विदेशबाट आउने अनिवार्य १० दिन क्वारेन्टिनमा बस्ने