२०८१ वैशाख २१ गते | 3rd of May 2024

‘मेरो उमेद्वारी सहि पदका लागि सहि पात्र ठानेको छु’, सतेन्द्र शाह – कोषाध्यक्ष पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ८ गते १४:२५

न्यूयोर्क – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि कोषाध्यक्ष पदमा सतेन्द्र शाहले आफ्नो उमेदवारी मनोनयन गराएका छन । सप्तरी जिल्लामा जन्मिएका र २००७ सालदेखी न्यूयोर्कलाई आफ्नो कर्मथलो बनाएर बिगत लामो समयदेखी सामाजिक कार्यमा सकृय शाह यसअघि एनआरएनए अमेरिकाको २०१७-२०१९ कार्यसमिति सदस्यको रुपमा निर्वाकित भएका थिए ।

एनआरएनए अमेरिकाका बर्तमान सल्लाहकार समेत रहेका शाह रिजवुड नेपाली समाजका कोषाध्यक्ष, मधेशी एशोसियशन इन अमेरिका (MAA)का सल्लाहकार समेत रहेर काम गरेका छन । एनआरएनए अमेरिकाका प्राय; क्षेत्रिय सम्मेलनमा सहभागीता, कार्यसमितिको सदस्य हुंदै सल्लाहकार, न्यूयोर्कमा सकृय नेपाली सामुदायिक संस्थाहरुमा सकृयता, लेखा बिषयको आफ्नो दक्षताले पारदर्शी एनआरएनए अमेरिका निर्माणको लागि आफु योग्य पात्र रहेको जनाउंछन ।

पव्लिक अकाउण्टेनमा बिबिए गरेका शाह पेसाले हाल एक कम्पनिका परियोजना लेखाकार प्रोजेक्ट अकाउण्टेनका रुपमा न्यूयोर्कमा कार्यरत शाह ‘एनआरएनए अमेरिकाको आगामी कार्यकलका लागि कोषाध्यक्ष पदमा आफ्नो उमेदवारी सही पदका लागि सहि ब्यक्ति’को रुपमा आफुले उमेद्वारी दिएको बताउंछन ।

नेपालीहरुको विश्वाशको संस्था एनआरएनए अमेरिकाको आर्थिक ढांचालाई बदलेर आधुनिक सिस्टममा लगी पारदर्शिताको पर्याय एनआरएनए अमेरिका निर्माण गर्न आफु लागि पर्ने शाहले बताए । संस्थाको स्रोत बिकासलाई व्यक्तिको योगदानमा मात्र निहित नराखेर सम्भाब्य स्रोत र साधन समेतको बिकास गर्नको लागि आफु सकृय रहने बताउंदै शाहले एनआरएन आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक-फरक आयस्रोत र खर्च ब्यबस्थाका योजनाहरुमा दत्तचित्त भएर काम गर्ने प्रतिबद्धता जनाए ।

एभरेस्ट क्रेडिट युनियनका महासचिव तथा गोरखा अमेरिका समाजका पुर्व अध्यक्ष अन्जन श्रेष्ठ समर्थक र सुप्रिम ट्याक्स तथा फाइनान्स ईन्कका सिपिए कमल श्रेष्ठको समर्थनमा शाहले हिजो एनआरएनए अमेरिकाको आगामी कार्यकालको लागि कोषाध्यक्ष पदमा आफ्नो उमेद्वारी मनोनयन गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *