२०८१ वैशाख २२ गते | 4th of May 2024

राजन अधिकारीद्दारा एनआरएनए बोर्ड सदस्य पदमा उमेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ८ गते १५:३९

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि क्यालिफोर्निया राज्य लस एन्जलस निवासी राजन अधिकारीले कार्यसमितिको बोर्ड सदस्य पदमा उमेदवारी दिएका छन । लस एन्जलसमा रेस्टुरेन्ट ब्यवसायमा स्थापित अधिकारी बिगत १० बर्षदेखी लस एन्जलसमा सकृय बिभिन्न सामाजिक संस्थाहरु तथा सामुदायिक गतिबिधीहरुमा प्रत्यक्ष परोक्षरुपमा सकृय छन ।

‘जन्मभुमी र कर्मभुमी जोड्ने हमी नेपालीको नाम, सबल र सक्षम एनआरएनए निर्माण हामी सबैको काम’ भन्ने नारालाई अंगिकार गर्दै  ‘जन्मभुमी छाडेर कर्मभुमीमा रहंदा नेपाली समुदायमा आईपर्ने समस्याहरु समाधान गर्ने कार्यमा एनआरएनएको प्ल्याट्फर्ममा रहेर काम गर्न’ आफुले बोर्ड सदस्य पदमा उमेदवारी दिएको अधिकारीले बताए । एनआरएनए अमेरिकाले शुरुवात गरेका राम्रा कामहरुको जगमा टेकेर संस्थामा सुधार गर्नुपर्ने बिषयहरुलाई कार्ययोजना बनाउंदै अधुरा कामलाई पूर्णता दिन एनआरएनएमा आफुसक्दो योगदान दिने अधिकारीले बताए ।

संस्थामा यदाकदा हुने टुट र फुटलाई परास्त गर्दै एकता र भाईचारा निर्माणका लागि आफु लागिपर्ने बताउंदै सादा जीवनका हिमायाती अधिकारीले बोर्ड अफ डाईरेक्टर पदमा उमेद्वारी दिएको बताएका छन । ‘सामाजिक सेवाको दायरालाई फराकिलो बनाउन लागिपर्ने’ अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *