काठमाडौं १ साउन । पर्यटन व्यवसायिकहरुको छाता संगठन ट्रेकिंग एजेन्सी एशोसियसन अफ नेपाल (टान) मा यतिबेला अध्यक्ष चन्द्र रिजालको हालिमुहाली चलेको छ । कुनै पनि संस्थाको बैक खाता सञ्चालन गर्दा अध्यक्ष र कोषाध्यक्षको अििनवार्य हस्ताक्षर चाहिने प्रावधान भएपनि अध्यक्ष चन्द्र रिजालले कोषाध्यक्षको हस्ताक्षर विना नै चेक साटन मिल्ने गरी विधान नै संशोधन गरेको रहस्य खुल्न आएको छ
आर्थिक कारोबारमा अध्यक्ष वा महासचिव मध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुने पर्ने प्रावधान टानको विधानमा उल्लेख छ । तर अध्यक्ष रिजालले अध्यक्ष चन्द्र रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरी सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै गैरीधारास्थीत सनराईज बैङकमा खाता समेत सञ्चालन गरेकोमा असहमति जनाउदै कोषाध्यक्ष लिलाबल्दभ दाहालले बैक खाता रोक्न समेत निवेदन दिएका छन ।
कोषाध्यक्ष दाहालका अनुसार यसरी मनोमानी ढंगले अध्यक्षले टानलाई आफु अनुकुल सञ्चालन गर्न खोजेको बताएका छन । सनराइज बैँकमा सञ्चालन गरेका खाताका सम्बन्धमा टान बिधानको व्यवस्थाबारे जानकारी गराएपछि बैङ्कले खाता अनाधिकृत रुपमा सञ्चालन भएको स्वीकार्दै खाता रोक्का गर्ने बताएको उनले बताए ।
होटल -याडिसनमा सम्पन्न टानको साधारण सभामा कोषाध्यक्षको अधिकार कटौती गर्नेगरि विद्यान संशोधनको तयारी थालिएको थियो । त्यसको चर्को विरोध भएपछि अध्यक्ष रिजालले उक्त संशोधन प्रस्ताव पेश नै गर्न सकेका थिएनन । तर साधारण सभामा छलफल नै नगरि वर्तमान कार्यसमितिले पावरको भरमा जिल्ला प्रशासन कार्यालयबाट कोषाध्यक्षको अधिकार कटौटी गर्ने गरि विद्यान संशोधन गरेर ल्याइएको कोषाध्यक्ष दाहालले बताए ।
बैङ्क खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उनले यदी बिधानको निरन्तर उल्लंघन गरिए सर्वोच्च र अख्तियारमा जाने चेतावनी समेत दिएका छन । रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्विकार गरेपछि अधिकार कटौती गर्ने गरि विधान संशोधन गर्ने प्रपञ्च रचिएको थियो टान पछिल्लो समय आर्थिक संकटमा फँस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने गरि अघि बढेको तर रकमान्तर गरेर भएपनि खर्च गर्ने र आफ्नो इच्छा पूरा गर्ने ध्यायमा लागेका थिए । जसको कारण टानमा अध्यक्ष, महासचिव र कोषाध्यक्षको वोलचाल नै बन्द भएको थियो । तर केही व्यवसायीहरुको मध्यस्तकर्तामा उनीहरु बीच पुर्नमिलन गराइएको व्यवसायीहरुले बताउने गरेका छन् ।