२०८१ वैशाख २२ गते | 4th of May 2024

श्रीराम थापा – एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ८ गते १६:३६

सानफ्रान्सिस्को – एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि पश्चिम क्षेत्रीय संयोजक पदका लागि चर्चित संगीतकर्मी, पत्रकार तथा सामाजिक कार्यकर्ता श्रीराम थापाले आफ्नो उमेदवारी दिएका छन । गुल्मी जिल्लामा जन्मिएर लामो समयदेखी क्यालिफोर्निया क्षेत्रको सुन्दर शहर सान्फ्रान्सिस्कोमा बसोवास गर्दै आईरहेका थापा नर्दर्न क्यालिफोर्नियाका हरेक संस्थामा सकृय चर्चित युवा हुन ।

गुल्मी जिल्लाका पांचवटा बिद्धालयमा आफ्ना मातापिताका नाममा गरिब तथा जेहेन्दार विद्धार्थीहरुको शैक्षिक उन्नती र सहयोगका लागि अक्षयकोष निर्माण गरी सेवा गरिरहेका थापा नेपाल विद्धार्थी संघको स्कुल समितिदेखी कांग्रेसको महाधिवेशन प्रतिनिधी समेत रहेका थिए । सामाजिक क्षेत्रका अत्यन्तै सकृय कार्यकर्ता थापा स्थानियस्तरमा अब्बल एनआरएनए निर्माण गरे मात्र संस्थाको मियो दर्हो हुन्छ भन्ने मान्यता राख्दै पश्चिम क्षेत्रीय संयोजक पदमा उमेदवारी दिएको बताउंछन । सशक्त, बलियो र जनमुखी एनआरएनए निर्माणअको लागि आफुले सकेको काम गर्ने प्रतिबद्धताका साथ यो अभियानमा होमिएको थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *