लस एन्जलस – लस एन्जलस निवासी कर्ण चन्दले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि बोर्ड सदस्य पदमा आफ्नो उमेदवारी दिएका छन । बैतडीमा जन्मिएका चन्द २०४४ सालदेखी करांते खेलमा आबद्ध भई देहरादुनबाट उच्च शिक्षा हासिल गर्दै २०५१/२०५२ सालमा करातेको ब्ल्याक बेल्ट प्राप्त गरी निरन्तर करांते खेलसंग लागिपरेका छन ।
साफ खेलकुदमा करांते खेलका सहायक प्रशिक्षकको रुपमा का गरिसकेका उनी बिगत लामो समयदेखी लस एन्जलसका नेपाली समुदायसंग आबद्ध छन । लस एन्जलसमा करांते खेलको बिद्धालय पनि स्थापना गरेर आफ्नो सिप र कलाको बिस्तार अभियानमा लागिपरेका चन्द आफ्नो ब्यवसायिक जिबनमा सफलता हात परेका पात्र हुन । ‘माउन्ट एभरेस्ट – नेपाल’ भन्ने संस्थाको निर्माण गरी अमेरिकामा सामाजिक सेवामा लागेका चन्द एनआरएनए अमेरिका क्यालिफोर्निया च्याप्टरको वर्तमान उपाध्यक्ष पनि हुन । लस एन्जलसका हरेक सामाजिक संस्थामा रहेर काम गरिसकेका चन्द नेपाली समुदायका दु:ख सुखमा साथ दिने पात्रका रुपमा चिनिन्छन ।
एनआरएनए अमेरिकाका हरेक कार्यक्रममा सहभागिता चन्द नेपाली संस्क्रिती, युवा अभियान र प्रवासमा नेपाली खेलको बिकासका र उत्थानका लागि एनआरएनएको मन्चमा रहेरा अझ बढी काम गर्ने हेतुले बोर्ड सदस्यको रुपमा अघि सरेको बताउंछन ।