२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन डेभलपमेन्ट फन्डको रकम विकासका पूर्वधारहरुमा लगानी गरिने छ : पन्त

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १० गते १५:२९
काठमाडौँ – गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एनआरएन डेभलपमेन्ट फन्डको रकम विकासका पूर्वधारहरुमा लगानी गर्ने बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष पन्तले गैर आवासीय नेपालीलाई लक्षित गरी छिट्टै कोषको प्राथमिक सेयरका लागि (आइपिओ) निष्कासन गरिने योजना रहेको जानकारी दिनुभयो ।
पूर्वाधार तथा उत्पादनशील लगायतका क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएको एनआरएन नेपाल डेभलमेन्ट फन्डमा गैर आवासीय नेपालीको ९ अर्ब ५० करोड र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ । अहिलेसम्म १ सय ७० वटा परियोजनाको लगानी प्रस्ताव आएकोले पन्तले बताउनुभयो ।सरकारको लगानी बाहेक सबै रकम विदेशी मुद्दामा लगानी हुने र कोषमा हालसम्म २ अर्ब ५१ करोड रुपैयाँ आइसकेको पनि पन्तले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *