२०८१ साउन ११ गते | 26th of July 2024

कोरोना संक्रमण पछि पुर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ११ गते १५:४१

काठमाडौं  –    भारतको कुम्भमेलामा गङ्गास्नान गरेर स्वदेश फर्किएको केही दिनमै कोरोना संक्रमित वनेका   पूर्वराजा    ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन्। पूर्वराजदम्पतीसँगै छोरी प्रेरणा शाह पनि शनिवार दिउँसो काठमाण्डूस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्। “चिकित्सकहरूकै सल्लाहमा उहाँहरू दिउँसो १ बजे अस्पताल भर्ना हुनुभएको हो। स्वास्थ्यमा त्यस्तो कुनै जटिलता देखिएर भर्ना हुनुभएको होइन,”उनको सचिवालयका एक उच्च अधिकारीले भने  । भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतवार उनीहरू नयाँ‍दिल्लीबाट नेपाल फर्किएका थिए। कुम्भमेलामा गङ्गास्नान गरेका पूर्वराजा शाहले केही साधुसन्तसँग पनि भेटघाट गरेका थिए।

भारतमा कुम्भमेलामा सहभागी एक हजारभन्दा बढी मानिसलाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।  हवाईयात्राका लागि ७२ घण्टाभित्रको परीक्षण प्रतिवेदन आवश्यक पर्ने भएकाले उनको त्यहाँ परीक्षण भएको थियो। नेपाल फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रले एउटा विज्ञप्ति जारी गरी हरिद्वारमा आफूले पाएको “विशेष सम्मान, सत्कार र संस्कारयुक्त आदरभावप्रति” निरञ्जन पीठका पीठाधीश्वर कैलाशानन्द गिरी तथा समस्त सन्तमहात्माप्रति कृतज्ञता व्यक्त गरेका थिए।उनी निरञ्जन पीठका पीठाधीश्वरको निम्तोमा कुम्भमेलामा सहभागी हुन हरिद्वार गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *