२०८१ भदौ २४ गते | 9th of September 2024

नेपालमा कोरोना संक्रमण बढदै गएपछि यस्ता आए निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १२ गते १५:१५

काठमाडौं – नेपालमा कोरोना संक्रमण भयाभह बन्दै गएपछि सरकारले लकडाउन गर्ने तयारी गरेको छ । अधिक संक्रमण बढेको स्थानमा स्थानीय प्रशासनले कप्र्यु आदेश पनि जारी गरेका छन । छिमेकी भारतमा तिब्ररुपमा कोरोनाको संक्रमण फैलदा नराम्ररी प्रभावित वनेको वाँके प्रशासनले कर्फयु आदेश जारी गरिसकेको छ । त्यस्तै विभिन्न स्थानीय तहहरुले पनि संक्रमण बढदै गएपछि नियन्त्रणका लागि विभिन्न निर्णयहरु गरेको जनाएका छन ।

आज बसेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी )को बैठकले पाँचसय भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ । व्यवस्थापन केन्द्रको बैठक बसेर यस्तो निष्कर्ष निकालेको परराष्ट्र मन्त्री तथा सीसीएमसीका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार पाँचसय बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा जारी गर्न भनिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आजसम्म ९ जिल्लामा सक्रिय संक्रमितको संख्या पाँचसय नाघेको छ । ती मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रुपन्देही हुन् । पछिल्लो २४ घण्टामा थप तीन हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ हजार २९२ नमुनाको पिसिआर परीक्षण र ७८६  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट ३ हजार ३२ जना र एन्टिजेन विधिबाट ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ७७ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ।

 

 

9 thoughts on “नेपालमा कोरोना संक्रमण बढदै गएपछि यस्ता आए निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *