२०८१ पुष २८ गते | 12th of January 2025

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १३ गते १५:३३

काठमाडौं-  काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ। कोरोना संक्रमणको महामारी बढेसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो। काठमाडौं, भक्तपुर ललितपुरका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूबीच सोमबार बसेको बैठकमा निषेधाज्ञा लगाउने निर्णय भएको हो।

काठमाडौँ उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । नयाँ भेरियन्टको कोभिड–१९ महामारी नेपालमा समेत फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा समेत संक्रमण तीव्र रूपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि संकामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/१६ गते बिहान ६:०० बजे देखी मिति २०७८/०१/२२ गते राती १२:०० बजेसम्म काठमाडौँ जिल्लाभर लागू हुने जारी आदेशमा भनिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *