न्यूयोर्क – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको चुनावी प्रचार कार्यक्रमको दौरानमा एनआरएनए अमेरिका अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने र उनको समुहले न्यूयोर्कमा भब्य कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय सत्यनारायण मन्दिरमा आयोजित चुनावी अभियान कार्यक्रममा ठुलो संख्यामा नेपाली समुदायको उपस्थिती रहेको थियो ।
एनआरएनए नेता महेश खड्काद्दारा संचालित लामिछाने समुहको चुनावी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कृष्णजिबी पन्थ, महासचिव पदका प्रत्यासी बिनोद भट्ट, उपाध्यक्ष पदका उम्मेदवारहरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिण केसी, पूर्णचन्द्र बांनिया, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेदवार सुनिता कडेंल सापकोटा, महिला संयोजक पदकी उम्मेदवार सुनिता खत्री, युवा संयोजक पदका उम्मेदवार बिजय गुरुङ, सह-कोषाध्यक्ष पदका उमेदवार बिकल ढकाल, बोर्ड सदस्य उमेद्वारहरु राजन अधिकारी, अशोकजंग केसी, आशिष संग्रौला, श्रीकृष्ण गौतम, कमल सापकोटा, राजेन्द्र थापा, दिवाकर पाण्डे, ज्ञानेन्द्र गुरुङ्ग, शान्ती वाग्ले, रमेश भट्ट, मिन खड्का लगायत उमेद्वारहरुको उपस्थिती रहेको थियो ।
एनआरएनए अभियान्ता तथा सुपर लयर खगेन्द्र जिसी, आईसिसी अनररी सदस्यद्दय लोक तिवारी र प्रेमकुमार श्रेष्ठ, नेपाली कांग्रेसकी नेतृद्वय मृदुला कोईराला, बन्दना कोईराला, प्राज्ञ गोबिन्द कोईराला, प्रवासी एकता मन्चका अध्यक्ष टेक गुरुगं, एनआरएनए आईसिसी सदस्य बिष्णुमाया परियार, एनआरएनए अमेरिका युवा संयोजक बिनोद रुवाली, लङ्ग आइल्यान्ड नेपाली समाजका अध्यक्ष राजन गौली, फिफ्नाका उप-संयोजक राजकुमार बिष्ट, तमाङ समाजका अध्यक्ष लाक्यान लामा, नेजस संस्थापक उपाध्यक्ष मिङ्मा शेर्पा, जिपी फाउन्डेशनका कार्यवाहक अध्यक्ष सुबर्ण लामा, नेजस कोषाध्यक्ष बिजय थुलुङ्, नेजस सचिव भोजराज थोकर, तमु परिवारका अध्यक्ष मनिता गुरुङ्ग लगायत सामुदायिक अभियान्ताहरुको उपस्थिती रहेको थियो ।
गोरखा समाज, अमेरिकाका पुर्व अध्यक्ष बिकास पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको लामिछाने समुहको चुनावी कार्यक्रममा आईसिसी सदस्य पदका उमेदवारहरु उत्तम कार्की, संजय थापा, संजिव श्रेष्ठ, रविन बज्रचार्य, खिम भट्टराईलगायत उमेद्ववारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा न्यूयोर्क च्पाटरको लागि अध्यक्ष पदका उमेद्वार शिव बानिया, उपाध्यक्ष पदकी उमेद्वार राज्यलक्ष्मी कर्माचार्य लगायत न्यूयोर्क च्याप्टरका प्रत्यासीहरुको पनि उपस्थिती रहेको थियो ।
न्यूयोर्कका चर्चित अनुहार तथा गोरखा समाज अमेरिकाका पुर्व अध्यक्ष तथा कृष्ण लामिछाने जिताऔं अभियान, न्यूयोर्कका संयोजक अन्जन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा न्यूयोर्कमा सिटी काउन्सिलको अभियानमा लागेका नवराज केसी, खाम भट्टराई , प्रदिप श्रेष्ठ, प्रदिप वस्ती, गुण भट्टराई, सरोज सोडारी लगायत ठुलो समुहमा गोरखालीहरुको उपस्थिती रहेको थियो ।
आफ्नी छोरी क्रितिमा लामिछानेको भावुक मन्तब्य पछी आफ्न कुरा राखेका एनआरएनए अमेरिकाको अध्यक्ष पदका उमेदवार कृष्ण लामिछानेले एनआरएनए अमेरिकाको सदस्यता विवाद, निर्वाचन प्रणाली, कार्यालय स्थापना लगायतका काम गर्न आफुले आगामी दुई बर्ष एनआरएनए अमेरिकाको लागि काम गर्न छुट्टाएको बताए । एनआरएनए अमेरिकाको कार्यालय स्थापना गरेर पूर्णकालिन कर्मचारीको ब्यवस्था गर्ने लामिछानेले बताए । ब्रिफकेशमा रहेको एनआरएनए अमेरिकालाई समुदायको सदस्यको पहुंचमा ल्याउन आफुले अध्यक्ष पदमा निर्वाचन लडेको बताउंदै मर्दा र पर्दाको एनआरएनए निर्माण गर्न आफु लागिपर्ने बताए ।
सदस्यता बितरण, संस्थाको विवाद, निर्वाचन प्रणालीलाई ब्यबस्थित नगरेसम्म एनआरएनए अमेरिकामा विवादको चंगुलमा फसिरहने लामिछानेले बताए । एनआरएनए अमेरिकालाई क्षेत्रगत रुपमा अझै सकृय बनाएर नेपाली सामुदायिक केन्द्र र नेपाली बिद्धालय स्थापना गर्न आफु लागिपर्ने उनले बताए ।
न्यूयोर्क नेपाली समाजका अभिभावक श्यामकाजी गुरुङको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार तथा वर्तमान कार्यसमितिका उपाध्य्क्ष कृष्ण जिवी पन्थले आफुहरु बोल्न भन्दा सामुदायिक सदस्यहरुको भावना सुन्न डुलेको बताए । संस्थाको पारीपक्वताको लागि हामीहरु हिंड्नुपर्ने बताउंदै पन्थले जिम्मेवारीपुर्वक संस्थाले गरेका कामहरुको अपनत्व लिनुपर्ने बताए । नेपाली भाषा, साहित्य, संस्क्रिती र पहिचानको स्थापनाको लागि सबैले लाग्नुपर्ने बताउंदै पन्थले ‘केही लिन भन्दा आफुले सकेको दिन’ संस्थामा लाग्नुपर्ने बताए ।
अमेरिकावासी नेपालीहरुको समस्याहरुको सामाधान नै एनआरएनएको मुख्य एजेन्डा हुनुपर्ने बताउंदै उनले एनआरएनए स्थानिय संस्थाहरुको प्रतिस्पर्धी नभई सहयोगी संस्था भएको बताए । पन्थले ह्यारी भन्डारीले अमेरिकी राजनीतिमा प्रवेश गरेको सुखद पक्षजस्तै नवराज केसी र छत्र गुरुङले समाएको सामाजिक बाटोको हामेहरु अनुयायी हुनुपर्ने र युवापुस्तालाई त्यही बाटोमा हिंड्न प्रेरित गर्नुपर्ने बताए ।
लामिछाने समुहबाट महासचिव पदका उमेदवार बिनोद भट्टले न्यूयोर्कको भब्य उपस्थितिका लागि सबैलाई धन्यवाद दिंदै एनआरएन अमेरिकाले सदस्य मात्र खोजेको तर सदस्यहरुको संस्था नखोजेको बताउंदै आफु सामुदायिक सदस्यहरुको साझा संस्था एनआरएनए निर्माणमा लागिपर्ने बताए । हावादारी एजेन्डा भन्दा पनि अध्यक्ष र कार्यसमितिको एजेन्डा आफ्नो एजेन्दा हुने भट्टले बताए । बदनामको ट्याग आफुले नभोगेको बताउंदै भट्टले आगामी पुस्तकओ एनआरएनए सहभागीताको लागि आफुले काम गर्ने बताए ।
कार्यक्रममा उपाध्यक्ष पदका उमेद्वार प्रबिन केसीले कहिल्यै नसुत्ने न्यूयोर्क शहरजस्तै कहिल्यै नथाक्ने एनआरएनए अमेरिका निर्माण गर्न आफु लागिपर्ने बताए ।
एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि उपाध्यक्ष पदका उमेदवार बिकास उप्रेतीले एजेन्डाभन्दा कामका लागि सबैजना लाग्नुपर्ने बताए । कोरोना कहरमा दिनरात काम गरेका सामाजिक सेवकहरुको प्रशंशा गर्दै उप्रेतीले एनआरएनले राजनीति होईन सामुदायिक सेवामा मात्र आफ्नो मन लगाउनुपर्ने कुरामा जोड दिए । उप्रेतीले आईसीसी र एनसिसी अमेरिका बिचको असमझदारीको खाडललाई पूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उपाध्यक्ष पदका अर्का उमेद्वार पूर्णचन्द्र बानियाले आफु आगामी दुई बर्ष पूर्णकालिन कर्मचारी भएर काम गर्ने बताए । अर्का उमेद्वार चन्द्र लामाले चालिस बर्षको आफ्नो खेलकुद अनुभवलाई एनआरएनएमा लगाउने बताउंदै अनुशासित एनआरएनए बनाउन आगुले काम गर्ने बताए ।
जिसीद्वारा लामिछानेलाई सहयोगको प्रतिवद्धता :
न्यूयोर्कका सुपर लयर तथा एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष खगेन्द्र जिसीले एनआरएनए अमेरिकामा सबैले खेलको भूमिकाको प्रशंशा गर्दै आफुले लामिछानेसंग संगै काम गरेको बताए । स्वच्छ छबिका लामिछानेलाई यो निर्वाचनमा सहयोग गर्न जिसीले आव्हान गरे । एनआरएनएको भूमिका बढ्दै गईरहेको बताउंदै जिसीले सबै उमेद्वारलाई शुभकामना दिए ।
कार्यक्रममा एउटा नेजस न्यूयोर्क च्याप्टरका अध्यक्ष दिवाकर बागचन्दले ‘आफ्ना नेता बिष्णु सुवेदीले एनआरएनए अमेरिकाको आगामी निर्वाचनमा कृष्ण लामिछाने र समुहलाई सहयोग गर्ने निर्णय सुनाईदिन आग्रह गरेको बताउंदै’ आफु र आफ्नो समितिले कृष्ण लामिछानेको समुहलाई सहयोग गर्ने निर्णय गरेको बताए ।
नेजाका महासचिव किरण मरहट्ठाले कृष्ण लामिछाने र समुहलाई शुभकामना दिंदै लामिछानेलाई संस्थाको कृष्ण बन्न आग्रह गरे ।
फोटो : युएस खबर