२०८१ भदौ ३१ गते | 16th of September 2024

नयाँ सरकार गठनमा जसपा निर्णायक : माओवादी

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १४ गते १५:१५

काठमाडौँ- नेकपा माओवादीले नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टीको निर्णयको प्रतिक्षा गर्नुको बिकल्प नभएको दाबी गरेको छ। माओवादीको मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा नयाँ सरकार गठन, पछिल्लो पटक विकसित राजनीतिक परिस्थितिलगायतबारे छलफल भएको छ।

छलफलका क्रममा जसपाले आफ्नो निर्णय नसुनाएसम्म माओवादीले केही गर्न नसक्ने स्थिति आएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सुनाए। बैठकमा अध्यक्ष प्रचण्डले प्रदेशहरुमा विकसित राजनीतिक परिस्थिति र माओवादी अडानबारे ‘ब्रिफिङ’ गरेका थिए। अविश्वासको प्रस्ताव र नयाँ सरकार गठनका मामिलामा किन अनिर्णित भन्ने पत्रकारको प्रश्नमा  प्रवक्ता श्रेष्ठले भने,‘ अविश्वासको प्रस्ताव, सरकारको समर्थन फिर्ता र नयाँ सरकार गठन पुरानो विषय भइसकेको छ हाम्रो लागि। हामी जसपाको निर्णयको प्रतिक्षामा छौँ। तर यसमा बिलम्ब भएको महशुस गरेका छौँ। चाँडो निर्णयमा पुग्न जसपालाई आग्रह गछौँ।’

11 thoughts on “नयाँ सरकार गठनमा जसपा निर्णायक : माओवादी

Leave a Reply

Your email address will not be published. Required fields are marked *