काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशमा सांसदलाई सरकारले बन्दी बनाएको आरोप लगाएका छन् । गण्डकी प्रदेशमा जनमोर्चाका सांसद खिम बिक्रम शाही सम्पर्कविहीन भएपछि प्रदेश सरकार विरुद्धको अविश्वास प्रस्ताव नै असफल हुने देखिएकाे छ । तर, सम्पर्कविहीन भनिएका सांसद चरक मेमोरियल हस्पिटलको आइसियुमा उपचारमा रहेको खुलेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै शर्माले ट्विटरमा प्रश्न गरेका छन्, “स्वस्थ तन्द्रुस्त मान्छेलाई पृथ्वी चोकको चरक अस्पतालको आइसीयूमा कसैलाई भेट्न नदिएर किन राखिएको छ ?” गण्डकी प्रदेश सभाको विशेष अधिवेसन अनिश्चितकालका लागि स्थगित भएको छ।
![](https://www.khullaManch.com/wp-content/uploads/2021/04/aaa-1.jpg)
प्रदेश सभा सचिव हरिराज पोखरेलले सूचना जारी गर्दै प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन्। राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद खिमविक्रम शाही अज्ञात भएको र सदनमा उपस्थित हुन नसक्दासम्म संसद बैठक स्थगित गर्न माग गरेको भन्दै पोखरेलले अधिवेसन स्थगित गरेको बताएका छन्।