२०८१ साउन १२ गते | 27th of July 2024

निषेधाज्ञामा काठमाडौँ

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १६ गते १०:२२

काठमाडौँ – काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल्लामा अत्यावश्यक कामबाहेकका गतिविधि सञ्चालनमा रोक लगाइएको छ भने अन्य जिल्लाबाट समेत प्रवेश गर्न पाइने छैन ।

उपत्यकाका प्रमुख नाका र मुख्य–मुख्य चोकहरुमा ट्राफिक प्रहरीहरु खटिएर जाँच गरिरहेका छन् । कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *