२०८१ साउन १२ गते | 27th of July 2024

दीपक मनाङे बने मन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १६ गते ११:१३

काठमाडौँ –    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बिस्तार गरिएको छ ।  मुख्यमन्त्री गुरुङले मनाङबाट निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री बनाएका हुन् । सत्ता गठबन्धनमा चलखेल गर्न सक्ने भन्दै उनलाई मन्त्री बनाईएको मुख्यमन्त्री निकट स्रोतले वताएको छ । उनी काँग्रेस गठबन्धनमा जाने हल्ला केही दिन देखि चलेको थियो ।

सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको छ ।  मनाङेलाई मन्त्री नियुक्त गरिएको मुख्यमन्त्री गुरुङका प्रेस सल्लाहकार विक्रम न्यौपानेले पुष्टि गरे ।    माओवादी केन्द्रले आफ्ना मन्त्री फिर्ता बोलाएपछि  कृषि र कानुन मन्त्रालय खाली छन् ।  मुख्यन्त्री गुरुङले कृषिमन्त्रालय र कानून मन्त्रालय भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले नै सम्हाल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *