२०८१ साउन १२ गते | 27th of July 2024

एनआरएन अमेरिकाका सह-कोषाध्यक्ष प्रकाश सापकोटा आईसिसी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते २१:०९
आसन्न एनआरएन अमेरिकाको निर्वाचनमा वर्तमान कार्यसमितिका सह-कोशाध्यक्ष प्रकाश सापकोटाले आईसिसी पदमा आफ्नो उम्मेद्वारी दर्ता गराएका छन । नेपालमा रहंदा पर्यटकीय नगरी ठमेलमा एक दशक पर्यटन ब्यवसायमा संलग्न सापकोटा करिब पन्ध्र बर्षदेखी अमेरिकामा पर्यटन, प्रबिधी र लेखा ब्यवसायमा संलग्न छन ।
नेपाल बिद्धार्थी संघ, सरस्वती क्याम्पस हुंदै धादिङ कार्यसमितिको सदस्य समेत रहेका सापकोटा एनआरएनको वर्तमान कार्यसमितिमा ‘काम गरेका केही’ मध्य पर्दछन । पछिल्लो समय नेपालमा प्रबिधी र पर्यटनमा लगानी गरेर निरन्तर एनआरएनमा सकृय रहेका सापकोटाले एनआरएनमा युवा भिमिकाको आवश्यकतालाई औंल्याउंदै आईसिसी सदस्य पदमा उम्मेद्वारी दिएको जानकारी दिए । पर्यटनमा संलग्नता, लेखाको शिक्षा र प्रबिधीमा निरन्तरताको आफ्नो अनुभवलाई अमेरिका र नेपाली समुदायमा पुलको रुपमा काम गर्न आफु आईसिसी सदस्य तिर लम्किएको जनाएका छन ।
सह-कोशाध्यक्ष पदमा निर्वाचित भएपछी आर्थिक पारदर्शिता, एनआरएनको वेब-साईटका सम्पूर्ण काम, युवा आवाजको प्रतिनिधित्व, भुकम्प ताक नेपालमा सहयोग र पछील्लो समय भुकम्प पुनर्निर्माणमा संलग्न सापकोटाले आईसीसीमा निर्वाचित गराई काम गर्ने अवसर प्रदान गराईदिन आग्रह गरेका छन ।

कोलोराडो निवासी सापकोटा सुचनाको यो जमानमा आफुले १५ बर्ष अमेरिकामा आर्जन गरेको प्रबिधी, लेखा र पर्यटनप्रतिको अनुभवले एनआरएनमा ईमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता खुल्लामन्चसंग ब्यक्त गरे ।

सापकोटाको अपिल :

अमेरिकाको विभिन्न स्थानमा बस्नुहुने आदरणीय आमा-बुवा, दाजु-भाई तथा दिदी-बहिनीहरु, सर्बप्रथम नमस्कार ! एनआरएन अमेरिकाको निर्वाचन नजिकिदैं गईरहेको कुरा यहाँहरुलाई अवगत नै छ। हामी सबैको चाहना अनुरुप हुन लागेको यो निर्वाचनमा यहाँहरु सबैको संलग्नता रहने कुरामा म आशाबादी छु । वर्तमान कार्यसमितिमा यहांहरुको चाहना अनुसार म सह-कोषाध्यक्ष पदमा रही काम गरेको र संस्थामा अझै जिम्मेवार भई काम गर्ने इच्छा भएकोले सबैको सुझाब र सल्लाहानुसर आउंदै गरेको निर्वाचनमा मैले अन्तराष्ट्रीय समन्वय समिति (आई. सी. सी) को सदस्य पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।
आगामी कार्यकालको लागि मेरा योजनाहरु :
नेपालमा प्रबिधि क्षेत्रमा लगानी भित्र्याउन विशेष पहल गर्ने,
नेपालमा रहेका पर्यटकिय क्षेत्रहरु लाई प्रबिधिको माध्यम बाट विश्वभर परिचय गराउन पहल गर्ने, नेपाल र प्रवासी नेपालीको पहिचान स्थापित गराउने,
जन्मभुमी र प्रवासी हामी नेपालीको हितमा निरन्तर काम गर्नका लागि संस्थालाई अग्रसर गराउन हातेमालो गर्ने र एनआरएनलाई सबै नेपालीहरुको साझा र दु:खको आवाज बोल्ने संस्थाको रुपमा बिकास गरी आगाडी बढाउन पहल गर्ने ।
आगामी निर्बाचनमा मैले सधै जस्तो यहाँहरुको माया, साथ र सहायोगको अपेक्षा लिएको छु र यहाँहरुले आफु र आफ्ना हितैषीहरु बिच प्रचार प्रसार तथा मुल्य मत दान गरि सहयोग गरिदिनहुन बिनम्रतापुर्वक हार्दिक अनुरोध गर्दछु ।
धन्यवाद !
भवदीय
प्रकाश सापकोटा
उमेदवार एनआरएन आईसीसी, सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *