२०८१ वैशाख १८ गते | 30th of April 2024

पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोभिड-१९ संक्रमितहरूका लागि गरे एक करोड भारु आर्थिक सहयोग

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते ९:१९

काठमाडौँ – पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोभिड-१९ संक्रमितहरूका लागि एक करोड भारु आर्थिक सहयोग गरेका छन् । भारतीय टेलिभिजन च्यानल टाइम्स नाउका अनुसार भारतीय युवा व्यापारीहरूको एक समूहले सञ्चालन गरिरहेको ‘मिसन अक्सिजन’ नाम गरेको अभियानलाई तेन्दुलकरले सहयोग गरेका हुन् ।

कोभिड-१९ को दोस्रो लहरले हाल भारतलाई छोपेको छ । प्रत्येक दिन तीन लाखभन्दा बढी नयाँ संक्रमित फेला परिरहेका छन् । अक्सिजनको समेत अभाव भएपछि ज्यान गुमाएको संख्या बढेको बढ्यै छ । यस्तो अवस्थामा तेन्दुलकर सहयोगको हेतुले अगाडि आएका हुन् ।   कोभिड–१९ संक्रमितहरुका अक्सिजन बाहेक बेड, औषधिको पनि अभाव छ । त्यसकारण नयाँ दिल्ली र आसपासका युवा व्यापारीहरुको समूहले ‘मिसन अक्सिजन’ अभियान सुरु गरेको हो ।

जसको उदेश्य संक्रमितहरका लागि अकिसजन उपलब्ध गराउनु हो । ‘हामी सबैले आ-आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने समय आएको छ । तेन्दुलकरको आर्थिक सहयोगले हामीलाई अक्सिजन कनसनट्रेटर खरिद गर्न सहयोग गर्नेछ,’ मिसन अक्सिजन अभियनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *