२०८१ पुष २९ गते | 13th of January 2025

कोरोना उपचारमा सरकारले उठायो हात, अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते ११:३३

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमणबाट अति प्रभावित २२ जिल्लामा अब शय्या उपलब्ध गराउन नसकिने अवस्था आएको जनाएको छ ।

मुलुकको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण दर फैलिएकाले नागरिक आफैँ संवेदनशील हुन पनि मन्त्रालयले आग्रह गरेको छ । अस्पतालमा राखेर कोभिड संक्रमितको उपचार गर्न नसकिने अवस्था आएकाले नागरिकलाई जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *