अस्टिन – एनआरएनए अमेरिकालाई सबैले समावेशी बनाऔं भन्छन । कला, संस्क्रितीलाई बढावा दिलाउंदै जन्म्भमुमीको लागि केही गरौं भन्ने मिठा-मिठा नाराको प्रचार गराउंछन । असम्भव नाराहरुको टौवा बनाउंछन र सामुदायिक कर्तब्यलाई कुन्यु बनाउंछन । ठुला कुराहरुको बादलले ढाकेको एनआरएनए अमेरिकाको लागि एउटा यस्तो असली पात्रले सानो पदमा उठेर सानै बनेर यो प्रवासमा नेपाली कला, असली जिम्मेवारी र सबैभन्दा ठुलो एनसीसीले बोकेको सामाजिक कर्तब्यपथमा हिंड्ने प्रतिज्ञा गरेको छ, जसले आफ्नो उर्बिलो जोशिलो समय नेपाली कलाप्रती समर्पित गर्यो ।
दिपक हुमागाईं – प्रजातान्त्रिक आन्दोलनको सरिकताले जन आन्दोलन ०४६ सालमा नेपाल राष्ट्र र जनताको अधिकारका खातिर अग्रमोर्चामा छातीमा गोली थापेर होमिएका उनी बिगत लामो समयदेखी टेक्सास राज्यको अस्टिनमा बसोबास गर्दै आईरहेका छन । परदेशमा ब्यवसायिक ब्यस्ततालाई जीवनचैर्याको उपाय बनाएका हुमागाइंले एनआरएनए अमेरिकाको आसन निर्वाचनका लागि सदस्य पदमा रहेर जन्मभुमीको कसमका साथ काम गर्ने अभिप्रायले बोर्ड सदस्य पदमा उमेद्वारी दिएका छन ।![](https://www.khullaManch.com/wp-content/uploads/2021/04/dipak-humaagaai.jpg)
नेविसंघको राजनैतीक सकृयताले अमेरिकाको नेपाली जनसम्पर्क समितिको संस्थापक सदस्यसम्मको भूमिकादेखी आजसम्म सकृय रहेका हुमागाईं सपना बोकेर अमेरिका आएदेखी नै नेपाली समाज र जन्मभुमीमा आईपरेका बिपदका लागि यथाशाक्य सहयोगको भूमिकामा रहेर प्रत्यक्ष परोक्ष रुपमा काम गर्ने पात्रका रुपमा चिनिन्छन । नेपाली कलाको उत्थान र सामुदायिक जिम्मेवारी बहनताको भूमिकामा रहेर एनआरएनए जस्तो बिशाल संस्थामा आस्थाको अभिब्रिद्धी एवम विश्वासको वातावरण सिर्जना गर्न आफुले सदस्य पदमा उमेदवारी दिएको खुल्लामन्चलाई बताए ।
‘मेरो कुनै समुह छैन, समुह बनाएर काम गर्न म एनआरएनए अमेरिकामा पाईला टेक्ने जमर्कोमा छु’, खुल्लामन्चसंग हुमागाईंले बताए । ‘राजनैतीक आस्थालाई अल्पबिराम लगाएर अबको रिटायर्ड जिन्दगी एनआरएनए मार्फत सामाजिक सेवामा अर्पिने हेतुले यि बिशाल संगठनमा बोर्ड सदस्यका रुपमा रहेर काम गर्ने ईच्छाले साथीहरुको समर्थन र सहयोगको आशामा अघि सरेको छु’, उनले बताए ।
नेपाल टेलिभिजनको स्थापनाकालदेखीका प्रारम्भिक टेलिभिजन प्रस्तुतीका प्राय: सबैजसो प्रस्तुतीका जिवन्त अभिनयका चर्चित अभिनेता हुंमागाई रंगकर्म क्षेत्रका लोकप्रिय रंगकर्मी हुन । अस्टिनका नेपाली समुदायमा सकृय भूमिकामा रहेर काम गरिसकेका हुमागाईले कला र जन्मभुमीको ममताको उत्थानका लागि एनआरएनए मार्फत काम गर्ने जनाए ।