२०८१ वैशाख २५ गते | 7th of May 2024

सुनिता खत्रीद्दारा एनआरएनए महिला संयोजक पदमा उमेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १७ गते १६:०६

भर्जिनिया – एनआरएनए अमेरिकाको आसन्न निर्वाचन (२०२१-०२३) का लागि भर्जिनिया निवासी सुनिता खत्रीले महिला संयोजक पदमा उमेद्वारी दिएकी छन । महिला आवाज र समावेशी महिलाको नारालाई अगाडी सारेर निर्वाचनमा होमिएकी खत्री यस अगाडीको निर्वाचनमा झिनो मतले पराजित बनेको परिस्थितीलाई बल र समर्थनको जग मानेर सोही पदमा उमेदवारी दिएकी छन ।

एनआरएनएमा महिला समावेशिताको मुद्दा उठिरहेको बेलामा आफुले महिला हकहित र सहभागीताको नारा बोकेर एनआरएनएको भूमिकामा रहन संयोजक पदमा उमेद्वारी दिएको खत्रीले खुल्लामन्चलाई बताईन । ‘प्रवासी नेपालीको अभिभावक संस्था एनआरएनएको साझा घरमा आधा आकाश ढाकेको महिलाको हकहित र समस्या समाधानको लागि लड्न पून: महिला संयोजक पदमा निर्वाचनमा होमिएको’ खत्रीले बताईन ।

अनेसास, ईन्जा, न्याक जस्ता संस्थाहरुमा सकृय खत्रीले अमेरिकामा रहेका नेपाली दिदी बहिनीहरुको प्रतिनिधी पात्रको रुपमा काम गर्ने खत्रीले बताईन । १९९८ मा अमेरिका आएकी शिक्षित खत्री नेपालमा बैंकिङ्ग क्षेत्रमा कार्यरत थिईन । पत्रकारिता बुझेकी खत्री भर्जिनिया र डिसी मेट्रो क्षेत्रमा सकृय नेपाली सामुदायिक संस्थाहरुमा रहेर काम गरेको अनुभव राख्दछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *