२०८१ वैशाख २५ गते | 7th of May 2024

पत्रकार आचार्यद्धारा एनआरएन अमेरिकाको अध्यक्ष पदका पाँचै उमेद्वारसँग एकैसाथ अन्तरवार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते ३:३५

३० अप्रिल, अमेरिका – पत्रकार भोला आचार्यले एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष पदमा उमेद्वारहरुसँग ग्लोबलटक नामक टकशो गर्ने भएका छन् । एनआरएन अमेरिकाको २०२१ देखी २०२३ सम्मको कार्यकालको लागि भैरहेको निर्वाचनमा सहभागी अध्यक्ष पदका प्रत्यासीहरु डा अर्जुन बन्जाडे, बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने, तिलक केसी र सुर्यलम्सालसँग आचार्यले उक्त शो गर्न लागेका हुन ।

जुम प्रविधिमार्फत भोली शनिबार विहान ९ बजे पूर्विय समय अर्थात ८ बजे सेन्टर समयमा गर्न लागिएको उक्त कार्यक्रम रियलखबर र ग्लोबलटक लगायत विभिन्न मिडियाबाट प्रत्यक्ष प्रशारण हुने पत्रकार आचार्यले बताए । उनले एनआरएन अमेरिकाका अध्यक्ष पदका पाँचै उमेद्वारहरुसँग एकैसाथ तय गरेको यो पहिलो कार्यक्रम हुनेछ ।

निर्बाचन कमिटिले सार्वजानिक गरेको पछिल्लो सूचिमा माथि उल्लेखित उमेद्वारहरुको उमेद्वारी सार्वजानिक भएपछि कार्यक्रमको तय गरिएको छ । उमेद्वारहरुले उठाएका एजेण्डा र सामाजिक सेवामा उनीहरुले दिएको योगदान र प्रतिवद्धताको विषयमा गरिने यो कार्यक्रमबाट सक्षम नेतृत्वको विषयमा धारणा वताउन आम मतदाताहरुलाई टेवा पुग्ने कार्यक्रम आयोजनाको लक्ष्य रहेको वताईएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाको रुपमा रहेको

एनआरएनलाई सवैको साझा कसरी वनाउन सकिन्छ भन्ने मुख्य उदेश्य रहेको कार्यक्रमका सन्चालक आचार्यको भनाई छ । ग्लोबलटकका प्रस्तोता समेत रहेका आचार्य उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरुको प्रतिनिधिमूलक संस्था नेपाल अमेरिका पत्रकार संघ, नेजाका पूर्व अध्यक्ष हुन् । दशकलामो अमेरिका बसाईमा नेपाली पत्रकारितासँग उनी निरन्तर संलग्न हुदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *