२०८२ जेठ ३१ गते | 13th of June 2025

अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १२:२३

काठमाडौं- अमेरिकाले कोभिड रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई सहयोग गर्ने भएको छ। शनिबार नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै  युएसएआइडीमार्फत ८५ लाख डलर बराबरको थप आपतकालीन प्रतिकार्य सहयोग उपलब्ध गराउने घोषणा गरेको हो।

उक्त रकम नेपाली जनताको रोगसँग लड्ने क्षमता विकासका साथै नेपाल सरकारको कोभिड-१९ को जाँच, व्यवस्थापन, उपचार, संक्रमण नियन्त्रणमा खर्च हुनेछ। साथै तीन तहको सरकारका कोभिडसम्बन्धी विभिन्न कार्यक्रमलाई तीव्रता दिनको लागि खर्च हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *