२०८१ साउन १२ गते | 27th of July 2024

नेपालमा २१ लाखले कोरोना बिरुद्दको खोप लगाए

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १३:३९

काठमाडाैं- गतवर्षको माघ १४ देखि फागुन शुरु भएको खोप अभियान दोस्रो चरणसम्म आइपुग्दा २१ लाखले खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको खोप महाशाखाले जनाएकाे छ । यस अवधिमा कुन–कुन उमेर समूहलाई खोप लगाउनुभयो भन्ने जिज्ञासामा  खाेप महाशाखा प्रमुख झलक गौतमले उमेर सबैभन्दा पनि प्राथमिकता तोकेको आधारमा खोप अभियन चलाएको बताउनुभयो ।

फ्रन्टलाइनरमा बसेर काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, पत्रकारलगायतलाई पहिलो चरणमा चार लाख ३८ हजारलाई खोप दिएको उहाँले बताउनुभयो । त्यसपछि केही दिन अगाडिमात्र पहिलो चरणमा खोप लगाएकालाई दोस्रो मात्रा दिने आह्वान गरेको थियौं । त्यसमा तीन लाख ६२ हजारले दोस्रो मात्राको खोप लगाइसकेको उहाँले जानकारी दिनुभयो । गौतमले भारतीय र चिनियाँ दुवै खोप गरी अहिलेसम्म जम्मा २१ लाखले खोप लगाएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *