२०८१ वैशाख २१ गते | 3rd of May 2024

शान्ती वाग्ले पौडेल – एनआरएनए अमेरिका बोर्ड सदस्य पदकी उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १४:५३

स्याक्रोमेन्टो – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि शान्ती वाग्ले पौड्यालले बोर्ड सदस्य पदमा उमेद्वारी दिएकी छन । क्यालिफोर्निया राज्यको राजधानी स्याक्रोमेन्टो शहरमा बिगत २५ बर्षदेखी बसोबास गर्दै आईरहेकी पौड्याल स्थानियस्तरमा उपस्थित नेपाली समुदायमा सकृय नाम हो । तनहुँंमा जन्मिएकी पौड्याल एनआरएनए अमेरिकाको निर्वाचनमा बोर्ड सदस्य पदमा उमेद्वारी दिने ३ महिला मध्य एक हुन ।

स्याक्रोमेन्टो नेपलीज लायन्स क्लबको कोषाध्यक्ष, सांस्कृतिक संघको उपाध्यक्ष, स्थानिय नेपाली सामुदायिक केन्द्रको बोर्ड सदस्य, एनआरएनए क्यालिफोर्निया च्याप्टरको वर्तमान बोर्ड सदस्य, एनआरएनए अमेरिकाको महिला सशक्तीकरण टास्क फोर्सको सदस्यको रुपमा कार्यरत पौड्याल एउटा ब्यक्ती बिगत २५ बर्षदेखी एकै स्थानमा रहेर कुन कुन नेपाली समुदाय र संस्थामा रहेर काम गरिन आँफैं अनुमान लगाउन सकिन्छ ।

महिला सहभागीता, महिलाको हक र अधिकार र महिलाहरुका मुद्दाका बारेमा बाहिर ठुला ठुला कुरा हुने गरेपनि एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि जम्मा तीन जना महिलाहरुको सदस्य पदका लागि उमेद्वारी दिएका छन । लामो समयदेखिको अमेरिका बसाई र सकृयता, अमेरिकाका बिभिन्न राज्यहरुको भेट र अन्तर्कृयाले आफ्नो सम्बन्ध विस्तार गरेकी पौड्याल ‘संस्थामा महिला प्रतिनिधित्वका लागि मात्र’ भनेपनि निर्वाचित हुने सम्भावना छ ।

अमेरिकाको सरकारी जागिरे पौड्याल नारी आवाज, नारीकै हक र अधिकारका लागि एनआरएनए जस्तो संस्थामा रहेर काम गर्ने अभिलाषाले बोर्ड सदसय पदमा आफु निर्वाचन लड्न लागेको बताउंदै आगामी दुई बर्ष सामुदायिक कामका लागि छुट्याएको बताउंछिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *