२०८१ वैशाख २० गते | 2nd of May 2024

कोलोराडोमा भोली लामिछाने समुहको ‘हाईकमान्ड’ संगै सामुदायिक अन्तर्कृया कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते १६:४२

कोलोराडो – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उमेदवारहरु आफ्ना समुहका साथ अमेरिकाका बिभिन्न राज्यहरुमा चुनावी प्रचारमा व्यस्त छन । अध्यक्ष पदका शक्तिशाली उमेद्वार कृष्ण लामिछाने आफ्नो चुनावी दौरानको क्रममा आज केन्सास राज्यमा आफ्नो समुहको साथमा भेटघाट तथा अन्तर्कृया गर्दैछन । आफ्नो चुनावी दौरानको क्रममा लामिछाने सम्हको सम्भवत: यो अठारौं कार्यक्रम हो ।

आजको कार्यक्रम लगत्तै भोली कोलोराडोमा हुने लामिछाने समुहको अन्तर्कृया भने फरक हुने देखिएको छ । कार्यक्रममा शुभेच्छुकहरुको ठुलो उपस्थितीले प्रचार-प्रसार बलियो भएको ठानिने मान्यताका बाबजुद ‘चुनावी अभियानमा साथ दिने सारथीहरुको साथ’ ले उमेद्वारहरु र सिंगो समुहलाई बल पुग्ने मानिन्छ ।May be an image of Krishna Lamichhane and text

लामिछाने समुहको न्यूयोर्कको कार्यक्रममा सहयोगको सांकेतिक आभाष दिएका एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष तथा सुपर लयर खगेन्द्र जिसी, कांग्रेस नेत्री म्रिदुला कोईराला, फिफ्ना लगायतका संस्थाहरु, न्यू ईङ्ग्ल्याण्ड दौडाहाका बखत खुलेर ‘ईन्डोर्स’ गरेका एनआरएनए अमेरिका पुर्व अध्यक्ष शिव राई, कनेक्टिकट र बोस्टनमा लामिछाने समुहले पाएको समर्थनका साथमा उनी बलियो बनेको बजार हल्ला छ ।May be an image of Krishna Jibi Pantha and text

एनआरएनए अमेरिकाका पुर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारी र एनआरएनए अभियान्ता तथा रा.प्र.पा का सह-महामन्त्री प्रेमकुमार श्रेष्ठ एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदका शक्तिशाली उम्मेद्वार कृष्ण जिबी पन्थको चुनावी अभियानका साथमा कृष्ण लामिछानेलाई खुलेआम समर्थन गर्दै हरेक कार्यक्रममा सरिक हुंदै आएका छन । जनजाती संघ, बिभिन्न राजनैतीक पार्टीका शुभेच्छुक संस्थाहरुले पनि लामिछानेलाई समर्थन गरेको प्रमाण एनआरएनए अमेरिकाको चुनावी मैदानमा देखिएको छ ।May be an image of Binod Bhatta, standing and text that says '"नेपालीका लागि नेपाली NRNA NCC-USA Nepali बिनोद साभता एनआरएन निमार्णको लागि भट्ट (महासचिवका उमेदवार) एनआरएनए एनसीसी, अमेरिका (२०२१- २०२३) VISION 2021-23 Cell: VOTE 650-504-4745 binodnitu@gmail.com'

यो रफ्तारले कोलोराडोमा निरन्तरता पाउने भएको छ । एनआरएनए केन्द्रिय सचिव गौरीराज जोशी, एनआरएनए सल्लाहकार हरिबोल भन्डारी, एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी, नेजस नेता बिष्णु सुवेदी, कृष्ण लामिछाने जिताऔं अभियानका संयोजक प्रमोद सिटौला, एनआरएनए नेताद्दय लोक तिवारी र प्रेमकुमार श्रेष्ठ, नेजस अमेरिकाका नेताहरु मुक्तिनाथ पन्त, अनन्त सुबेदी, प्रतिक पाण्डे, खड्ग उप्रेती, फिफ्ना लगायत संस्थाका प्रतिनिधीहरु भोली सम्भवत: कोलोराडो आउंदैछन ।May be an image of Binod Bhatta, Krishna Lamichhane and Krishna Jibi Pantha and text

एनआरएनए अमेरिकाज क्षेत्रका संयोजकका सम्भावित उमेद्वार प्रकाश सापकोटा, एनआरएनए कोलोराडो च्याप्टरका पुर्व अध्यक्ष बासुदेव खनाल लगायतका अभियान्ताहरुको कर्मभुमी कोलोराडोमा भोलीको कार्यक्रम एनआरएनए चुनावी माहौलका नसोचिएका अभियान्ताहरु भोलीको कार्यक्रममा उपस्थित हुने र लामिछाने समुहलाई बल दिने अनुमान गरिएको छ ।May be an image of Krishna Lamichhane and text that says '"नेपालीका लागि नेपाली" you Ye invited NRNA NCC-USA Nepali साभत एनआरएन निमार्णको कृष्ण लामिदाने लागि (अध्यक्षका उमेदवार) एनआरएनए एनसीसी, अमेरिका (२०२१-२०२३) मेटघाट कार्यक्रम COLORADO मिति: मे 0२, २०२੧ (आईतबार) समय: अपरान्ट ३:00 देखि ७:०० बजे स्थान: 6590 W 120th Ave. Broomfield, co 80020 214-454 0737'

कोलोराडोको भोलीको कार्यक्रममा अध्यक्षका प्रत्यासी कृष्ण लामिछानेको साथमा वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार कृष्णजिवी पन्थ, महासचिव पदका उमेद्वार बिनोद भट्ट, उपाध्यक्ष पदका उमेद्वारहरु बिकास उप्रेती, चन्द्र लामा, प्रबिण केसी र पूर्णचन्द्र बानियां, आईसिसी सदस्य पदका उमेद्वारहरु रामबाबु पाण्डे, उत्तम कार्की, रविन बज्राचार्य, अमृत कट्टेल, सचिव पदका उमेद्वार द्रोण गौतम, महिला सचिव पदकी उमेद्वार सुनिता कंडेल सापकोटा, सह-कोषाध्यक्ष पदका उमेद्वार बिकल ढकाल लगायत समुहका सदस्य पदका उमेद्वारहरु अशोकजंग केसी, पूर्ण रसाईली, ज्ञानेन्द्र गुरुंग  लगायतका प्रत्यासीहरुको उपस्थिती रहने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *