२०८१ वैशाख २० गते | 2nd of May 2024

रामबाबु पाण्डेद्दारा एनआरएनए आईसिसी सदस्य पदमा उमेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १८ गते २३:२६

लस एन्जलस – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनले निर्वाचित गर्ने नौ जना आईसिसी सदस्यका लागि लस एन्जलसबाट रामबाबु पाण्डेले आफ्नो उमेद्वारी दिएका छन । नुवाकोटको मदनपुर, बेलकोटगढीमा जन्मिएका पाण्डे लामो समयदेखी लस एन्जलसलाई कर्मक्षेत्र बनाएर सामाजिक कार्यमा ब्यस्त ब्यक्ती हुन । एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुन् ।

काठमाण्डौंको सरस्वती क्याम्पसमा पढ्दादेखि नै व्यावसायमा लागेका पाण्डे एनआरएनए क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष हुन् । एनआरएनए आइसीसी अमेरिकाको आजीवन सदस्य पाण्डे २०१५ मा एनआरएनए क्यालिफोर्निया राज्य च्याप्टरको उपाध्यक्ष थिए । २०१७ मा च्याप्टर अध्यक्ष र २०१९ मा केन्द्रिय उपाध्यक्षका प्रत्यासी पाण्डे यो पटक आइसीसीको सदस्य पदको लागि प्रत्यासी छन् ।

पाण्डेले आफूले दुई कार्यकाल च्याप्टरमा काम गरेको र महाधिवेशन प्रतिनिधि भएर २/२ पटक काठमाण्डौं गएर आइसीसीका थुप्रै गतिबिधिमा सहभागी भएकोले अब गएर काम नै गर्ने इच्छा भएकोले एनआरएनए आईसिसी सदस्य पदमा उमेदवारी दर्ता गराएका हुन । श्रीपशुतिनाथ फाउन्डेशनका सदस्य पाण्डेआफु बस्ने क्यालिफोर्निया राज्य बाहिरका धेरै सामुदायिक संस्थामा समेत ट्रस्टी छन ।

एनआरएनए अमेरिकाको २०२१-२०२३ कार्यकालका लागि उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेर साथीहरुको सल्लाहले साथीहरुलाई नै सहयोग गर्न आईसिसी सदस्यतिर लागेको बताए । एकता र त्यागले संस्था अघि बढ्छ भन्ने मान्यता राखेका पाण्डे सामुदायिक संस्थाहरु या एनआरएनएका हरेक कार्यक्रममा होस्टेमा हैंसे मिलाउने सहयोगी पात्रका रुपमा परिचित छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *