२०८१ वैशाख २० गते | 2nd of May 2024

सात समुन्द्र पारी नेपाली एकता, एनआरएनएको प्राथमिकता – अशोकजंग केसी, बोर्ड सदस्य पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख १९ गते ७:०७

बाल्टिमोर – एनआरएनए अमेरिकाको आसन्न निर्वाचन नजिकिंदै गर्दा अहिले अमेरिकामा यसको सरगर्मी बढेको छ । २०२१-२०२३ कार्यकालको लागि हुने निर्वाचनका प्रत्यासीहरु आफ्नो चुनावी प्रचार र भेटघाटका लागि अफुले रोजेको समुह समातेर अमेरिकाका बिभिन्न राज्यहरुको दौडाहामा कुंदेका छन । यसैबिच पोखरामा जन्मिएर बिगत लामो समयदेखी अमेरिकाको बाल्टिमोर शहरलाई कर्मभुमी बनाउंदै आएका अशोकजंग केसीले बोर्ड सदस्य पदमा आफ्नो उमेद्वारी दर्ता गराएका छन ।

प्रवासमा नेपाली एकता : एनआरएनएमा हाम्रो प्राथमिकता भन्ने मुल नाराका साथ अध्यक्ष पदका बलिया प्रत्यासी कृष्ण लामिछाने समुहबाट निर्वाचनमा होमिएका वरिष्ठ उपाध्यक्ष पदका शक्तिशाली उमेद्वार कृष्णजिवी पन्थका निकट केसी राजनैतीक कारणले विभक्त नेपाली समाजअको एकताको पक्षमा काम गर्न आफुले गौरवशाली संस्था एनआरएनएमा अमेरिकाको सदस्य पदका लागि उमेद्वारी दिएको बताए । सांस्कृतिक विविधताले भरिपूर्ण सुन्दर जन्मभुमी नेपाल र सुन्दर सपना बोकेर कर्मभुमी रोजिएको अमेरिकामा नेपाली समुदायको आवाज सबल बन्न नसकेकोले ‘नेपालीहरुको सुख दु:खमा पाचौं लाख प्रवासीहरुको एकल आवाज’ मुखरित गर्न आफुले काम गर्ने केसीले खुल्लामन्चलाई बताए ।

बाल्टिमोरमा आफ्नो ब्यवसायिक स्थायित्वमा अब्बल रहेका केसीले युवा जमात र दोस्रो पुस्तालाई सामुदायिक कर्म र संस्थामार्फत अमेरिकी अवसर र बिकासको पथमा डोर्याउन आफुले भूमिका खेल्ने बताए । नेपालमा जे गरे पनि वा जुनसुकै बिचार र बाटो अंगाले पनि अमेरिकामा सामुदायिक सकृयताको एउटै गन्तब्य एनआरएनए रहेको बताउंदै केसीले युवा र दोस्रो पुस्तालाई अवसर र सम्भावनाको बाटो देखाउन आफुले भर्मग्दुर प्रयास गर्ने जनाए । संस्थाभित्रको पारदर्शिता, ईमान्दारिता र सामुदायिक समस्याको सम्बोधनका लागि आफुले आफ्नो अनुभव खन्याउने केसीले बताए ।

कुनै समय आफ्नै सांगितिक ब्यान्ड मार्फत नेपाली सुगम संगितमा रमाएका रसिक केसीले संस्थामा बिजयी हुने अध्यक्षको प्रतिबद्धताहरुलाई कार्यसमितिको म्यान्डेट मानेर काम गर्न, बोली भन्दा कार्यसम्पादनको गोली हान्न, नेपाली समुदायको अमेरिकी भुमीमा बिजयको होली रंगाउन र कर्तब्यलाई कहिल्यै भोली नभनी जिम्मेवारीपूर्ण र कर्तब्यपरायण एनआरएनए अमेरिका बनाउने सपनाले सामुदायिक धर्म निर्वहाँ गर्न आफुले एनआरएनए अमेरिकाको बोर्ड सदस्य पदमा उमेदवारी दिएको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *