२०८१ वैशाख २० गते | 2nd of May 2024

‘धेरै बाचाहरु गर्दिन, दुई बर्ष सामुदायिक कामको लागि पछि भने सर्दिन : रन्जन थापा – एनआरएनए अमेरिका बोर्ड सदस्य पदका उमेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २२ गते १३:५३

बोस्टन – मकवानपुर, हेटौंडामा जन्मिएका प्रखर वक्ता रन्जन थापा एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि सदस्य पदका सशक्त प्रत्यासी हुन । नेपाल चार्टर्ड एकाउन्टेन्स संघ, औषधी ब्यबस्था बिभागमा काम गरेका स्मार्ट थापाले मकवानपुर क्षेत्रमा ई-स्कुल, खानेपानी, बाटोघाटो, औषधीमुलो र बाल शिक्षाको लागि सहयोगको ब्यवस्था गर्दै आईरहेका छन ।

म्यासाच्युसेटस राज्यको बोस्टन क्षेत्रमा लगानी तथा बित्तीय क्षेत्र, ‘टिम शुभगृह’ रियल्टर एन्ड इन्भेस्मेन्ट, 3D IN BOSTON ले लेजर गिफ्ट स्टोर पेशालाई प्रवासमा जीवनयापनको साधना बनाएका थापा २००६ देखी नेपालीहरुको बाक्लो उपस्थिती रहेको बोस्टनमा कृयाशिल छन । बिगत १५ बर्षदेखी ग्रेटर बोस्टनका बिभिन्न संघ संस्थाहरुमा आवद्ध रहेका युवा जोश थापा यस क्षेत्रको सबैभन्दा पुरानो नेपाली संस्था ग्रेटर बोस्टन नेपालीज कम्युनिटी (जिबिएनसी) को पुर्व बोर्ड सदस्य, पशुपतिनाथ बुद्ध फाउन्डेशनका स्थापनाकाल देखी वर्तमान सचिव पदमा रहेर सामुदायिक सकृयता बढाएका थापा स्पष्ट वाक शैली र चतुर सामुदायिक कार्यकर्ताका रुपमा चिनिन्छन ।

सामुदायिक भवन निर्माणका लागि आयोजित बहुचर्चित ‘बोस्टन सप्ताह २०१७’ मा संकलित १.५ मिलियन आर्थिक आम्दानी हुंदा कोषाध्यक्ष रहेका थापा त्यसै सप्ताहको मुल समितिमा रहेरा काम गरेका पात्र हुन । हाल पशुपतिनाथ बुद्ध मन्दिर निर्माण समितिको सदस्यको रुपमा कार्यरत थापाको सामुदायिक सकृयता र ब्यवसायिक सफलता अनुकरणीय छ ।

एनआरएनए अमेरिका म्यासाचुसेट्स च्याप्टरका सचिव थापाले युवा सकृयता, असली कर्तब्य र जिम्मेवारीपूर्ण सामुदायिक सेवाको लागि एनआरएनए अमेरिकाको आगामी निर्वाचनका लागि बोर्ड सदस्य पदमा रहेर काम गर्न आफुले उमेद्वारी दिएको खुल्लामन्चलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *