२०८१ वैशाख २१ गते | 3rd of May 2024

एक ब्यक्ती एक पद, श्रीपशुपतिनाथ फाउन्डेशनको कडा नियम : सबैलाई पदको भारी, श्रेष्ठले दिए नेवा समाजबाट राजिनामा

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २२ गते १६:१६

गोकुल ढकाल/लस एन्जलस – समाजमा सयौं काम फत्ते गर्छौं भनेर नेता हुने प्रचलन प्रवासमा ब्याप्त रहेको सबैलाई जगजाहेर बिषय हो । पुग्ने नपुग्ने नारा दिएर ‘अभियान्ता’ को सामाजिक फुर्को कोटमा लगाउने रोग जहाँं नेपाली छन, त्यहां विद्धमान छंदैछ । राजनैतीक आस्थाका संगठन, स्थानिय समाजमा गठित संगठन, धार्मिक संगठन, जातीय संगठन, अरुले खोलेको देखेर आफुहरु पनि संगठित देखाउन गठन गरिने संगठन, आफु नेता बन्न आसेपासेहरुलाई जम्मा गरेर खोलिने संगठन लगायत बिभिन्न बाहना र रहरमा खोलिने संगठनहरु प्रवासमा नेपालीका नाममा असंख्य छन ।

अमेरिकामा करिब ६०० संगठन होलान, नेपालीका । कति सकृय छन त कति हराईसके । कति आफु किन संगठित भएको भन्ने अस्तित्वको खोजीमा छन । अमेरिकामा कुनै बेलाको सबैभन्दा ठुलो नेपाली संस्था नेपाली जनसंपर्क समिती अहिले चार चिरामा बिभक्त छ । प्रवासी नेपाली मन्चका नाममा तीन चार वटा संस्था सकृय छन । पत्रकारहरुको संस्था दुईटा छ, धेरै पत्रकारहरु दुइटै संस्थामा सकृय छैनन । नेपाल सरकारबाट मान्यता प्राप्त एउटा मात्र नेपाली संस्था एनआरएनए, अमेरिकामा एउटै बिचार राख्ने तीन जना एउटा अध्यक्ष पदको लागि चुनावी मैदानमा छन ।

अमेरिकामा धार्मिक संस्थामा पनि मिलेमतो पाईन्न । संस्थाभित्र राखिएको ‘कडा कानुनको हरफ’ बारे कार्यसमितिकै सदस्यहरु अनविज्ञ हुन्छन । जानेर वा नजानेर ‘मोबाईल किन्दा स्विकार गरिएको स्टेट्मेन्ट’ जस्तो गरेर मानिसहरु दस्तखत ठोकिदिन्छन । सामाजिक कार्यमा लागेका अभियान्ताहरु प्राय: एक भन्दा अर्को पदमा कृयाशिल हुंदैनन, किनकी मन्दिरजस्तो धार्मिक संस्थाको वफादार कार्यसमिती सदस्यलाई दुई बर्षे कार्यकाल आफुलाई भ्याई-नभ्याई हुन्छ ।

यस्तै एउटा बिषय निस्किएको छ, लस एन्जलसमा । अन्य स्थानमा जस्तै लस एन्जलसमा सकृय सामाजिक कार्यकर्ताहरु पनि एक भन्दा बढी सामाजिक संस्थाको कार्यकारी पदमा सकृय छन । तर एउटा पवित्र संस्थाको बिधानले भने उनीहरुलाई त्यो संस्थाबाहेक अन्यत्र सकृय हुन पूर्ण रुपमा बन्देज गराएको छ ।

फाउन्डेशनको नव-निर्वाचित कार्यसमिती :

गौरबशाली श्रीपशुपतीनाथ फाउन्डेशनले पारीत गरेर निर्वाचित गरेको नयाँ कार्यसमितिका सदस्यहरु श्रीपशुपतिनाथ बुद्ध मन्दिरको कार्यसमिती बाहेक अरु कुनै कार्यकारी पदमा रहेमा ‘तुरुन्त रजिनामा दिनुपर्ने’ ब्यवस्था गरिएको छ ।

हेर्नोस, श्रीपशुपतिनाथ फाउन्डेशनको बिधान :

फाउन्डेशनको आधिकारिक बिधानको धारा १४ को CONFLICTS OF INTEREST POLICY, SECTION 14.1 PURPOSE भनेर एउटा ब्यक्ती फाउन्डेशनको कार्यसमितिमा रहंदा अन्य सामुदायिक संस्थाको कार्यसमितीमा बस्न नमिल्ने ब्यबस्था गरेको छ । 

हामी नेपाली ग्लोबलकी अमेरिका अध्यक्ष, एनआरएनए अमेरिकाकी पुर्व महिला संयोजक तथा फाउन्डेशनकी निवर्तमान कार्यसमिती सदस्य ईन्दिरा त्रिपाठीले सामाजिक संजाल मार्फत पहिलो पटक यो बिषयलाई बाहिर ल्याईन । केही हप्ता पहिले टेक्सासबाट प्रकाशित हुने US KHABAR ONLINE (uskhabar.com) मा कसैको नामै उल्लेख नगरी यो बिषय एउटा आर्टिकल छापियो । पत्रिकाको प्रकाशक नै अन्यौलमा रहेको उनकै पत्रिकामा प्रकाशित त्यो आर्टिकल अहिले डिलेट छ । कसले प्रकाशित गर्‍यो भन्ने बिषयको खोजी हुंदाहुंदै आर्टिकल गायब !

हेर्नोस : डिलेट गरिएको आर्टिकल :

https://www.uskhabar.com/archives/6092

अहिले यो खुल्दैन । किन छापियो, किन हट्यो, कसरी ? कसैले त खोज्लान ।

श्रेष्ठले दिए राजिनामा :

यो बिषय बाहिर आउँदै गर्दा श्रीपशुपतिनाथ बुद्ध मन्दिरका नव-निर्वाचित उपाध्यक्ष तथा नेवा समाज, लस एन्जलसका अध्यक्ष बिमल श्रेष्ठले नेवा समाजको अध्यक्ष पदबाट राजिनामा दिएका छन । श्रेष्ठले आफु पशुपतिनाथ फाउण्डेशनको कार्यसमितिमा निर्वाचित भएपछी संस्थाको बिधानलाई सम्मान गर्दै नेवा समाजबाट राजिनामा दिएको उल्लेख गरेका छन ।

श्रेष्ठको राजिनामा पत्र : 

त्यसो त नेवा समाज, साउदर्न क्यालिफोर्नियाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वर्तमान उपाध्यक्ष नारायण श्रेष्ठलाई दिईएको छ ।

बिभिन्न सामाजिक संस्थाहरुमा एक वा दुई पद ओगट्नेहरुलाई यो नियम लागु हुन्छ वा हुंदैन, त्यो भबिश्यले बताउला ।

क्रमश : ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *