२०८१ भदौ २४ गते | 9th of September 2024

२७ गते ओली र गुरुङको पद के होला ?

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २३ गते १३:५६

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद रहने नरहने यही २७ गते निश्चित हुने भएको छ ।  संघीय संसद्को बैठक सोमबार दिउसो १ बजे बस्दैछ । सरकारको सिफारिसमा राष्ट्रपतिले सोमबार संसद्को बैठक आह्वान गरेकी छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने बताएका छन् भने उता गण्डकी प्रदेशमा पनि अविश्वास प्रस्तावमाथि सोही दिन नै मतदान हुने भएको छ । गत वैशाख २ गते कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २सहित २८ सांसदले संयुक्तरुपमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ६० सदस्य रहेको प्रदेशसभामा अविश्वासको प्रस्ताव पारित गर्न ३१ मत आवश्यक पर्छ ।

यसअघि अविश्वास प्रस्तावको दिनमा नै राष्ट्रिय जनमोर्चाका एक सांसद अनुपस्थित भएपछि रोकिएको थियो । उनी हराएको भन्दै सोही पार्टीले निवेदन दर्ता गरेपछि बैठक स्थगित गरिएको थियो । त्यसपछि विवादका कारण बस्न नसकेको बैठक आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबार बिहान ११ बजे बस्ने निर्णय गरेको सांसद् कुमार खड्काले जानकारी दिए ।

सोमबार नै अविश्वासको प्रस्तावमाथि मतदान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *