२०८१ वैशाख २० गते | 2nd of May 2024

शिकागो, आईवा र केन्टकी : यो सप्ताहन्तमा लामिछाने समुहको सामुदायिक भेटघाट कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २४ गते ४:२९

डालास – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको मिती संघारमा रहेको बखत अध्यक्ष पदका शक्तिशाली उमेद्वार कृष्ण लामिछाने र उनका सारथीहरुको दौडाहा रथ यो सप्ताहन्तमा शिकागो, आईवा र केन्टकीतिर हांकिएको छ । कोलोराडोबाट नेजस नेता बिष्णु सुवेदी, फिलिप केसी, खड्ग उप्रेती जस्ता सारथीहरुको साथ पाएर बलिया बनेका लामिछाने र उनको समुह खुशीयालीमा आफ्नो रथ यी तीन निर्णयक भोट रहेको क्षेत्रतिर हुंईक्याउंदैछन ।No description available.

भोली शुक्रवार लामिछाने र उनको समुह शिकागो शहरमा आफ्नो प्रचार कार्यक्रमको लागि पुगिसकेका छन । एनआरएनए अमेरिकाको अध्यक्ष पद हांक्न सक्ने क्षमता राख्ने तर सदस्य पदमा उमेद्वारी दिएका बाला घिमिरेहरुको क्षेत्र शिकागोमा लामिछाने र उनको समुहले आफ्ना कार्यक्रम गर्नेछन । कृष्ण लामिछाने समुहलाई सघाएका एनआरएनए बोर्ड सदस्य पदका उमेद्वार घिमिरेको क्षेत्रमा लामिछाने समुहको अर्को सफलतपूर्ण कार्यक्रमको आयोजना हुंदैछ ।

पर्सी शनिवार लामिछाने समुह आईवा राज्य पुग्नेछ । स्थानिय बेटनड्रफ नगरमा लामिछानेले ‘मर्दा र पर्दाको एनआरएनए अमेरिका’ बनाउने आफ्नो एजेन्डा प्रस्तुत गर्ने कार्यक्रम छ । कृष्ण लामिछाने जिताऔं अभियानका संयोजक एवम नेजस नेता प्रमोद सिटौलाहरु उक्त कार्यक्रमहरुमा लामिछाने समुहको बलका रुपमा उपस्थित हुनेछन ।No description available.

आईतवार केन्टकी राज्यको लेक्जिन्टन नगरमा लामिछाने समुहले आफ्नो सामुदायिक भेटघाट कार्यक्रम गर्नेछन । एनआरएनए अमेरिकाका चर्चित नेता पुरुषोत्तम बोहोरा, आईसिसी सदस्य महेन्द्र बस्नेत लगायतकाहरुको बलमा लामिछाने र उनको समुहका सदस्यहरुले साझा एनआरएनए अमेरिका निर्माण अभियानका बिचारहरु प्रस्तुत गर्नेछन ।

जन्मभुमी नेपालमा हाल महामारीको रुपमा फैलिएको कोभिड -१९ को बारेमा लामिछानेले अघि सारेका सहयोग अभियानलाई सार्थकता दिन उनको समुहले सहयोगका लागि अभियान पनि साथमा लैजाने बताईएको छ ।No description available.

लामिछानेको साथमा एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका शक्तिशाली उमेद्वार कृष्णजिवी पन्थ, महासचिव पदका उमेद्वार बिनोद भट्ट, उपाध्यक्ष पदका प्रत्यासीहरु बिकास उप्रेती, चन्द्र लामा, पूर्णचन्द्र बानियां र प्रबिण केसी, सचिवका प्रत्यासी द्रोण गौतम, महिला सचिवकी उमेद्वार सुनिला कंडेल सापकोटा र सह-कोषाध्यक्ष पदका उमेद्वार बिकल ढकाल, युवा संयोजक पदका उम्मेद्वार बिजय ‘ओम; गुरुङ्ग लगायत सदस्य पदका प्रत्यासीहरु ती कार्यक्रमहरुमा सरिक हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *