२०८१ वैशाख २३ गते | 5th of May 2024

पछिल्लो राजनीतिको निर्णायक भुमिकामा काँग्रेस , देउवा निवासमा बढयो भेटबार्ता

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २४ गते १४:०२

काठमाडौं –  नेपाली काँग्रेस नेपालको पछिल्लो राजनितीमा एकाएक निर्णायक बनेको छ । पछिल्ला केही दिन यता काँग्रेस सभापति शेरबहादुर देउवाको निवास भेटवार्ताको थलो बनेको छ ।  कांग्रेस सभापति  देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार साँझ  भेटवार्ता  भएको    छ ।  देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ । नेताहरूले सक्रियता बढाएका छन् । बिहीबार साँझ एमाले नेता माधवकुमार नेपालले देउवासँग भेटवार्ता गरेका थिए । उनको साथमा भीम रावल पनि थिए । रावल आज दिउँसो पनि देउवा निवास पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *