२०८१ मंसिर १९ गते | 4th of December 2024

संवैधानिक परिषद्को बैठकमा काँग्रेस सभापति नजाने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २५ गते १३:३०

काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्नु भएको छ । उहाँले आज विज्ञप्तिमार्फत सरकारले संविधानको मूल मर्म विपरीत संवैधानिक संरचनालाई नै भत्काउने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाउँदै बैठकमा भाग नलिने बताउनुभयो ।

“संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशमार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरीत, संसदीय मूल्य, मान्यता प्रतिकूल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरूलाई समेत आह्वान गर्दछु”, पूर्वप्रधानमन्त्रीको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कानुन निर्माण र संशोधन गर्ने संसद्को आधारभूत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशमार्फत संविधानको संरचना नै भत्किने गरी पटक पटक अध्यादेश जारी गर्ने काम भएको टिप्पणी पनि गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *