२०८१ वैशाख २३ गते | 5th of May 2024

कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने 

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २५ गते १४:०८

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ । गत चैतमा कांग्रेसको केन्द्रीय समितिले गरेको निर्णयलाई आधार मानेर संसदीय दलले पार्टी नेतृत्वमा सरकार निर्माण गर्ने पहल गर्ने निर्णय लिएको हो ।  ओली सरकारको विकल्प खोज्‍ने अत्यावश्यक भएकाले नेपाली कांग्रेस अब नयाँ सरकार गठनको पहलमा उत्रेको जानकारी दिइएको छ । त्यसका लागि कांग्रेस आफैँले पहल गर्ने पनि जनाएको छ ।

कांग्रेस दलको शनिबार बसेको बैठकले काँग्रेसले वैकल्पिक सरकार बनाउने निर्णय लिएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । उनका अनुसार बैठकले आशन्‍न  प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्‍वासको मतमाथि हुने मतदानमा विपक्षमा मतदान गर्ने र ओलीलाई असफल पार्ने निर्णय लिएको छ । त्यसपछि आफ्नो नेतृत्वमा सरकार बनाउनको लागि पहल गर्ने निर्णय  गरेको पनि उनले बताए । पहिलो कदमको रूपमा ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न अन्य दललाई पनि आग्रह गर्ने र ओलीको असफलतापछि तत्काल आफ्नो नेतृत्वमा सरकार गठनमा जाने निर्णय पनि संसदीय दलले गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *