२०८१ वैशाख २० गते | 2nd of May 2024

‘सदस्यता बितरण प्रणालीबाट हुन्छ, झोलाबाट होईन’ – लामिछाने, शिकागो भेटघाटको सफलतापछि आज आईवामा अन्तर्कृया

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २५ गते १६:३१

शिकागो – एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको प्रसारमा शिकागो, आईवा र केन्टकीको यात्रामा रहेका अध्यक्ष पदका प्रत्यासी कृष्ण लामिछाने र उनको समुहले शिकागोमा सामुदायिक अन्तर्कृया तथा भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ ।No description available.कार्यक्रममा लामिछानेले छोटो समयको सुचना र ब्यस्तताका बाबजुद उपस्थित स्थानिय सामुदायिक अभियान्ताहरुको साथको लागि आभार प्रकट गर्दै यो सामिप्यताले साझा एनआरएनए निर्माणअका लागि बल मिलेको बताए । लामिछानेले एनआरएनलाई मर्दा र पर्दाको सामुदायिक संस्था बनाउने प्रणसंगै कोभिड-१९ ले जन्मभुमी नेपालमा ल्याएको संकटमा सहयोगका लागि सबैसंग अपिल गरे ।No description available.एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी कृष्णजिवी पन्थले संस्थामा देखिएका यावत समस्याहरुको हल गर्दै समुदायसंग हातेमालो गर्न युवा, महिला र समावेशी एनआरएनए निर्माणमा आफुहरु लागेको बताए । समस्या र बिबादको थलो एनआरएनए अमेरिका नभएको बताउंदै पन्थले पारदर्शी र सेवापरक संस्था आफ्नो समुहको एजेन्डा रहेको बताए ।No description available.नेजस नेता तथा महासचिव पदका प्रत्यासी बिनोद भट्टले झोलाबाट बांडिने संस्थाको सदस्यता अब रोकिने बताए । ‘प्रणालीबाट हुन्छ सदस्यता वितरण, झोलाबाट होईन’, भट्टले बताए । अबका दुई बर्ष पूर्णकालिन एनआरएनए कार्यकर्ता भएर स८स्थाको लागि काम गर्ने भट्टले बताए ।No description available.

उपाध्यक्ष पदका उमेद्वार तथा युवा ब्यवसायी बिकास उप्रेतीले युवा बोक्ने एनआरएनए, युवाको आवाज बोल्ने एनआरएनए, युवाको मर्म बुझ्ने एनआरएनए निर्माण गर्न आफुहरु अघी सरेको बताए । कार्यक्रममा उपाध्यक्ष पदका उमेद्वार चन्द्र लामाले खेलकुदलाई अब एनआरएनए अमेरिकाको कर्तब्य सम्झेर सामेल गराउने प्रतिबद्धता ब्यक्त गरे ।No description available.कार्यक्रममा सचिव पदका उमेद्वार द्रोण गौतम, महिला संयोजक पदकी उमेद्वार सुनिता खत्री, बोर्ड सदस्य पदका उमेद्वार बाला घिमिरे, कमल सापकोटा, आईसिसी सदस्य पदका उमेद्वार सत्यनारायण चौधरीले आ-आफ्न बिचार प्रस्तुत गरेका थिए ।No description available.

 

नेजस नेता तथा कृष्ण लामिछने जिताऔं अभियानअका संयोजक प्रमोद सिटौला, सिएनएफएस सभापती खेम पन्थी, जगदिश यादव – पुर्व अध्यक्ष शिकागो तराइ समाज, मधेशी एशोशियसन अफ अमेरिकाका अध्यक्ष सुरेन्द्र चौधरी, शिकागो थारु सोसाईटीका अध्यक्ष ईन्द्रकाल चौधरी, अनेसास शिकागो अध्यक्ष ईश्वेरए बगाले, नेजस नेता सुरेन्द्र चौधरी, एनआरएनए कान्सास च्याप्टरका अध्यक्ष फिलिप केसी, भरत थापा, निरज श्रेष्ठ, अशोक कोईराला लगायतका अतिथीहरुको सहभागीता थियो ।

एनआरएनए अभियान्ता सुमन वस्तीले संचालन गरेका कार्यक्रममा Himalayan Rhino Sports Club का खेलाडीहरुले लामिछानेलाई ईन्डोर्स गरेका थिए भने सम्मानस्वरुप जर्सी प्रदान गरिएको थियो । शिकागो कार्यक्रमको समापनपछी लामिछाने तथा समुहको कार्यक्रम आज आईवाको बेटनड्रफ शहरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *