२०८१ वैशाख १६ गते | 28th of April 2024

गतिशिल, पारदर्शी, संस्थागत र साझा एनआरएनए मेरो अठोट : कृष्णजिबी पन्थ

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २७ गते २:५१

बाल्टिमोर – यतिखेर एनआरएनए अमेरिकाको आसन्न निर्वाचनले अमेरिकी नेपाली समुदायको बजार तातेको छ । उमेद्वारहरु आफ्नो चुनावी प्रचारका लागि अमेरिकाका बिभिन्न राज्यहरुमा आ-आफ्ना एजेन्डाहरु बोकेर चाहरिरहेका छन । ४ जना अध्यक्षका उमेद्वार, तीन जना वरिष्ठ उपाध्यक्ष पदका उमेद्वार र चार जना महासचिवका उमेद्वार लगाय करिब ४५० जना आकांक्षीहरु एनआरएनए अमेरिकाको आगामी २९ र ३० तारिख हुने निर्वाचनको लागि बिभिन्न नाराहरु अघी सारेर डटीरहेका छन ।

यही मेसोमा एउटा शक्तिशाली पात्रको नाम हो – कृष्णजिबी पन्थ । एनआरएनए अमेरिकाको कार्यावधी सकिनै लागेको यो कार्यसमितिमा सबैभन्दा धेरै मत ल्याएर उपाध्यक्ष पदमा निर्वाचित पात्र हुन, पन्थ । यो आसन्न निर्वाचनका लागि अध्यक्ष पदका सम्भावित उमेद्वारका रुपमा चिनिएका पन्थ हाल वरिष्ठ उपाध्यक्ष पदका उमेद्वारका रुपमा अघि सरेका छन ।

सबैभन्दा बढी मत पाएको शक्ती, एनआरएनए अमेरिकाको कार्यसमिती बैठकमा राजनीति र चालाबाजी भन्दा फरक धार, डेलिगेट्स छनौट जस्ता बिषयहरुमा कार्यसमिति बैठकमा नोट अफ डिसेन्ट, एनआरएनए सदस्यहरुसंग भूमिकामुखी सम्बन्ध, ग्रासरुटमा चर्चित अनुहार र बोलेको पुर्याउने सत्यवादी चरित्रले पन्थलाई वरिष्ठ उपाध्यक्ष पदको बलिया प्रत्यासीको रुपमा हेरिन्छ । ‘सबैको साथ, आड र भरोशालाई म मर्न दिनेछैन’ पन्थ बताउंछन ।

सपना बुनेर जन्मभुमीको माटोको मायासंगै परदेशिएको एउटा नेपालीले ब्यवसाय, चर्चा र सम्बन्धहरुमा प्राप्त गर्ने सफलता हात पारिसकेका पन्थ अन्तत: यसै निर्वाचनका लागि अध्यक्ष पदका उमेद्वार कृष्ण लामिछानेको समुहमा वरिष्ठ उपाध्यक्ष पदमै पन्थ सामेल भए । आजसम्म लामिछाने समुहको २१ औं चुनावी कार्यक्रमहरु कुनै छुटाएका छैनन, उनले ।

आफ्नो चुनावी प्रचारको क्रममा अध्यक्षका आफ्ना उमेद्वार कृष्ण लामिछानेलाई साथ र भरोसा दिंदै समुहका अन्य आकांक्षीहरुसंग होस्टेमा हैंसे मिलाएर अघि बढेरहेका छन, उनी । कृष्ण लामिछाने समुहका हाईकमान्डहरु गौरीराज जोशी, नेजस नेताद्वय बिष्णु सुवेदी र प्रमोद सिटौला, हरिबोल भन्डारी, एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठी, पुरुषोत्तम बोहोरा, बाला घिमिरे, एनआरएनए मानार्थ सदस्यहरु लोक तिवारी, प्रेम श्रेष्ठ, प्रकाश सापकोटाहरुको सुझाव र बलले थापा शक्तिशाली बनेको लामिछाने समुहको सेकेन्ड म्यान बनेर राज्य-राज्य पुगेका छन, पन्थ ।

योजनामुखी एजेन्डा, परिणामुखी कार्यदक्षता र पारदर्शी एनआरएनएको नारालाई अंगिकार गरेर हिंडेका एनआरएनए अमेरिकाको कार्यसम्पादन, सदस्यता वितरण र स्थानिय संस्थहरुको साथमा एनआरएनए अभियानमा अठोटका साथ जिम्मेवारीपुर्वक लागिपरेका पात्र हुन । एनआरएनए अमेरिकाको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा सम्भावित विजेताको रुपमा देखिएका पन्थ पारदर्शी एनआरएनए अमेरिका र संस्थागत परिवर्तनको लागी चुनाव मार्फत यो महाभियानमा लागेको बताउंछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *