२०८१ वैशाख २० गते | 2nd of May 2024

‘नेजा-एनआरएनए अमेरिका निर्वाचन बहस’ मे २३ आईतवार डालसमा

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २६ गते १७:२४

डालास – नेपाल अमेरिका पत्रका संघ नेजा र एनआरएनए अमेरिकाको आसन्न निर्वाचन २०२१-२०२३ का लागि अध्यक्ष पदका प्रत्यासीहरुसंगको बहस यही मे महिनाको २३ तारिखका दिन आईतवार डालसमा आयोजना हुने भएको छ । बिगत बर्षहरु जस्तै नेजाले एनआरएनए अमेरिकाको निर्वाचनका आकांक्षी प्रत्यासीहरुसंगको खुल्ला निर्वाचन बहसको निरन्तरतास्वरुप यसपटक पनि उक्त बहसको आयोजना गरिएको हो ।

एनआरएनए अमेरिका निर्वाचन २०२१-२०२३ का लागि अध्यक्ष पदका प्रत्यासीहरु कृष्ण लामिछाने, बुद्धी सुवेदी, डा. अर्जुन बन्जाडे र तिलक केसीहरु नेजाको मन्चमा आगामी २३ तारिख आफ्ना एजेन्डा र चुनावी सरगर्मीका बारेमा बिचार राख्न प्रस्तुत हुनेछन । स्थानिय समयानुसार बेलुकी ५:०० बजेदेखी ७:३० बजेसम्म आयोजना गरिने बहसको बिभिन्न संचार माध्यमहरुबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

नेपालीहरुको घना बसोबास, अमेरिकाको बिभिन्न राज्यहरुबाट आगमनका लागि पायक पर्ने उदेश्यले नेजाले यसपटकको बहस कार्यक्रम डालसमा आयोजना गरेको बताईएको छ । कार्यक्रममा अध्यक्षका प्रत्यासीहरुसंग प्रत्यक्ष अन्तर्कृया र समय मिलेमा उपस्थित उमेद्वारहरुलाई पनि आफ्ना बिचार राख्न समय दिईने बताईएको छ । कोभिडको महामारीले स्थिती अझै पनि नियन्त्रणमा आईनसकेको अवस्थामा यसपट ‘डालसमा एउटा मात्र कार्यक्रम’ गरिएको छ ।

नेजा एनआरएनए अमेरिकाको निर्वाचन २०२१-२०२३ बहस कार्यक्रमको संयोजन नेजाका क्षेत्रीय संयोजक रामचन्द्र भट्टराईले गरेका छन ।

कार्यक्रमबारे जानकारी :
स्थान : Curry Leaf Restaurant
1800 Valley View Ln # 104
Irving, TX 75061
समय : 5:00PM – 7:30 PM 

Leave a Reply

Your email address will not be published. Required fields are marked *