२०८२ फागुन ३ गते | 15th of February 2026

नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गर्न तीन दलको आह्वान

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २७ गते १३:१९

काठमाडाैं- नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया शुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई संयुक्त आह्वान गरेका छन्।

सोमबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिलाई आह्वान गरेका हुन्। उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत हासिल गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *