२०८१ वैशाख १५ गते | 27th of April 2024

‘अबको दुई बर्ष एनआरएनए अमेरिकाको लागि’ – महासचिव पदका प्रत्यासी बिनोद भट्ट

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते १५:१९

नर्थ क्यारोलिना – गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको आसन्न निर्वाचनका लागि महासचिव पदका बलिया प्रत्यासी विनोद भट्टले ‘आफ्नो अबको दुई बर्ष एनआरएनए अमेरिकाको लागि’ छुट्ट्याएको बताएका छन । एनआरएनए अमेरिकालाई संस्थागत सुधार र पहिचानमुखी परिवर्तनका लागि काम गर्न आफुले महासचिव पदमा उमेद्वारी दिएको भट्टले बताए ।

नेपाली जनसम्पर्क समिती, अमेरिकाका सोझा नेता भट्ट सानफ्रान्सिस्को शहरमा करिब दशक बिताएर हाल नर्थ क्यारोलिनामा आफ्नै ब्यवसायमा ब्यस्त छन । दुई छोरी र श्रीमतीका साथ ब्यवसायिक सफलतासंगै सुखी जीवन बिताएका भट्ट आफु काम गर्नका लागि एनआरएनए अमेरिकाको जिम्मेवारीपूर्ण पदमा उमेद्वारी दिएको खुल्लामन्चलाई बताए ।

एकताको जिल्ला गोरखामा जन्मिएका भट्ट सालीन र भद्र स्वाभावका पात्रका रुपमा मानिन्छन । ‘एनआरएनए जस्तो संस्थालाई सबैको अपनत्व हुने गरि सााझा बनाउन र एनआरएनए अमेरिकालाई उदाहरणीय एनसिसी बनाउन आफ्नो हरदम पहल हुनेछ’ उनले बताए । संस्थाको लागि चुनव हारेपनी या जितेपनी आफु यो अभियानबाट कहिल्यै टाढा नहुने उनले जनाए ।

एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी आफ्नै मित्र-दाजु एउटै जिल्लावासी कृष्ण लामिछानेको समुहमा महासचिव पदमा चुनाव लडेका भट्ट सम्भावित बिजेता उमेद्वारको रुपमा चिनिन्छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *