२०८१ वैशाख २३ गते | 5th of May 2024

काँग्रेसले बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख २८ गते १२:३१

काठमाडौं –  राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थन प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यलाई पर्सी वैशाख ३० गते बेलुका ९ बजेसम्म प्रधानमन्त्री पदमा दाबी पेस गर्न हिजो आह्वान गर्नु भएपछि दलहरू गठबन्धनको सरकार निर्माणका लागि अग्रसर भएका छन् ।   नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको छ । आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले नेपालको संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार बनाउन प्रयत्न जारी राख्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । त्यसका लागि सबै दलहरुसँग समर्थन जुटाउनका लागि प्रयास गर्ने निर्णय पनि बैठकले गरेको छ ।बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, प्रमुख सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाललगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *