काठमाडौं – नेपालमा दुई दिन यता कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हवात्तै बृद्दि भएको छ । पछिल्लो २४ घण्टामा थप २२५ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । आइतबार ८८ र सोमबार १३९ जना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ । वर्तमान सरकार कामचलाउमा परिणत भए पछि २ दिनको अबधिमा कोरोनावाट मृत्यु हुनेको संख्या बृद्दि हुनुले यस अघि अधिकारीहरुले मृतकको संख्या लुकाएको आशंका गरिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना संक्रमणमुक्त भएका छन् ।