२०८१ वैशाख २१ गते | 3rd of May 2024

ओली तेस्रोपटक प्रधानमन्त्री बन्दै, संसदबाट विश्वासको मत लिन सक्लान ?

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३० गते १३:५७

काठमाडौं – प्रतिनिधिसभामा बिश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओली तेस्रो पटक प्रधानमन्त्री बन्ने भएका छन । आज दिन भरि दलहरुका छलफल र बार्ताका आधारमा ओली पुन प्रधानमन्त्री बन्ने सम्भावना बढेको हो । राष्टपति बिधादेवी भण्डारीले गत २७ गते बहुमतका आधारमा प्रधानमन्त्री बन्न आहवान गरे अनुसार दलहरु विशेष गरि नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्न छलफल अघि बढाएको थियो । काँग्रेसले छलफल अघि बढाए पनि बहुमत भने पुग्ने सम्भावना नभएको स्वंयम नेताहरुले बताउदै आएका थिए । तर राष्टपतिले दिएको अन्तिम समय अर्थात केही घण्टा मात्र बाँकी छदाँ राजनितीले नयाँ मोड लिएको छ ।

सत्तारुढ दल भित्रको किचलोले सत्ता हात पारिन्छ कि भन्ने काँग्रेसको दाउ माथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चक्मा दिएका छन । पानी बाराबारको सम्बन्ध भैसकेका ओली र एमाले नेता माधवकुमार नेपाल वीच आज करिब दुई घण्टा व्यापारी रामेश्वर थापाको घरमा भएको बार्ताले केपी ओली पुन प्रधानमन्त्री बन्ने बाटो निश्चित भएको वताईएको छ । ओली नेपाल बार्ताले तत्काल नेपाल पक्षका सांसदहरुले राजिनामा नगर्ने सहमति भएको छ । समस्या समाधानका लागि एक कार्यदल गठन गर्ने सहमति भएको बैठक पनि नेता नेपालले वताएका छन ।

उता सत्ता गठबन्धनमा निर्णायक मानिएको राजपाको मुभिकाले पनि ओलीलाई पुन प्रधानमन्त्री बन्ने बाटो खुलेको हो । संसदको ठुलो दलको नेताकारुपमा ओलीलाई प्रधानमन्त्री बन्न सहज भएपनि ३० दिन भित्र पुन संसदवाट ओलीले बिश्वासको मत प्राप्त गर्ने भने फलामको चिउरा चपाउनु सरह हुने अनुमान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *