२०८१ वैशाख २२ गते | 4th of May 2024

यस्तो छ ललितपुरको पांग्रेघर

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३० गते १४:२८
काठमाडौं – ललितपुरको चाकुपाटमा रहेको घर धेरैलाई अनौठो लाग्छ । एउटा पाँग्राको भरमा अडिएको जस्तो डिजाईनमा बनाईएको घर साच्किै बलियो र आकर्षक पनि छ । बिगतका ठुला भुकम्पले समेत केही क्षति नपुगेको घरको बास्तविकता कस्तो छ त ? स्थानीय महेश्वर श्रेष्ठले यस घर बारे सामाजिक सँजालमा यस्तो लेखेका छन ।:
यो घर पंचायतकालीन चर्चित गृहमंत्री खड्ग बहादुर सिंहको हो । राजा महेन्द्रले काठमाडौंमा तिमी कहां बसेका छौं भनेर सोध्दा मन्त्री सिंहले म शून्यमा बसेको छु सरकार भनेर जवाफ दिएछन् । राजा महेन्द्रले कठै भन्दै काठमाडौंमा घर बनाउन नगद र तराईमा सय बिघा मौजा बक्सिस दिएछन् । यसरी घर हुंदा हुंदै शब्दको खेल खेलेर सिंहले राजाबाट नगद र सम्पति हात पारेको कुरा मेरा अग्रज र दौंतरी टोलवासी धेरैले भन्ने गरेका छन् किनकि निज खड्ग बहादुर सिंह लामो समय मेरो जन्मथलो कुपण्डोलमै बसोबास गरेका थिए र यो पांग्रेघर पनि मेरै ललितपुर मनपा १० नं वडाको चाकुपाट टोलमै बनेको छ ।
कोरियाको असली सिमेन्ट, बागमतीको चांदीको दाना जस्तो शुद्ध बालुवा, कवाडी मिश्रण रहित शुद्ध फलामे छड, माटो नमिसिएको शालिग्राम जस्तो गिट्टी र इमान्दार इन्जिनियर ज्यामी डकर्मीको मेहनतबाट बनेको यस नमुना संरचनालाई अरु सानातिना भूकम्पको के कुरा गर्नु र, २०४५ र २०७२ सालको ठुला भुकम्पले पनि हल्लाउन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *