२०८१ वैशाख २३ गते | 5th of May 2024

कोभिड बिरुद्द लड्न अमेरिका सँग नेपालले माग्यो सहयोग, के के सहयोग गर्ने आइतबारसम्म टुङ्गो लाग्ने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३० गते १४:४२

काठमाडौं-  उपप्रधानमन्त्री ईश्वर पोखरेल र अमेरिकी राजदूत रेन्डी बेरीबीच आज टेलिफोन संवाद भएको छ । उपप्रधानमन्त्री पोखरेलले नेपाललाई सक्दो छिटो खोप उपलब्ध गराइदिन अमेरिकी राजदूत बेरीसँग आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको तीव्र फैलावट रोक्न खोप नै उपपुक्त माध्यम भएकाले त्यसका लागि नेपाल सरकारले अमेरिका सरकारको सहयोग चाहेको  बताउनुभयो । अमेरिकी खोपको नेपालमा उत्सुकता र तीव्र प्रतीक्षा रहेको सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले भन्नुएको थियो ।

यसैगरी, कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक भेन्टिलेटर, पीपीई, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सेन्ट्रेटर, मोबाइल अक्सिजन प्लान्ट, औषधि, खोप र खोपसँग सम्बन्धित सामाग्री, अस्थायी अस्पताल स्थापनाका लागि आवश्यक पूर्वाधार र आवश्यक विज्ञ जनशक्ति लगायतका विषयमा नेपालले सहयोगको अपेक्षा गरेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभएको थियो । अमेरिकी राजदूत बेरीले अर्को सातासम्म नेपालमा अमेरिकी सरकारको तर्फबाट स्वास्थ्य सामाग्रीहरु सहयोग गरिने जानकारी दिनुभएको थियो ।के के सहयोग गर्ने बारेमा आगामी आइतबारसम्म टुङ्गो लाग्ने उहाँले बताउनुभएको थियो । ‘खोपका बारेमा मैले पनि पहल गरिरहेको छु, टुङ्गो लाग्नासाथ तपाईंलाई जानकारी गराउँछु’– उपप्रधानमन्त्रीलाई राजदूत बेरीले भन्नुभयो ।

राजदूत बेरीले हप्तामा दुई वटा अन्तर्राष्ट्रिय उडान गर्ने वातावरण बनाइदिन पनि उपप्रधानमन्त्री पोखरेलसँग आग्रह गर्नुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले सो विषयमा आफूहरुले पनि सोचिरहेको भन्दै सिसिएमसीको बैठकबाट आवश्यक निर्णय गरिने जानकारी दिनुभएको थियो ।यसैबीच अमेरिकाले अक्सिजन प्लाण्ट, सिलिण्डर तथा भण्डारण ट्यांकहरु उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरीकी डलर बराबरको सहयोगको घोषणा गरेको छ । विहिबार नेपालका लागि अमेरीकि दुतावासले आफ्नो फेसबुक पेजमार्फत सो जानकारी गराएको हो ।

अमेरिका नेपालको यो विषम अवस्थामा कोभिड नियन्त्रणका लागि तत्काल आवश्यक सामग्रीको यथाशक्य यपलब्धता गराउन निरन्तर प्रयासरत रहेको नेपालका लागि अमेरीकि दूतावासले जनाएको छ । विहिबार नेपालका लागि अमेरीकी दूतावासले आफ्नो फेसबुक पेजमार्फत सो जानकारी गराएको छ ।  सन् २०२० को अप्रिल यता अमेरीकी ईन्डो प्यासिफिक कमाण्डले अन्तरमष्ट्रिय मानवीय विपत्ति सहायता अन्तर्गत कोभिड १९ को उपचार तथा व्यवस्थापनको लागि आवश्यक पिपिई ,आईसोलेशन सेन्टरका सामाग्री अक्सिजन सम्बन्धि विभिन्न उपकरण , टेलिमेडिसिनका सामान, हात धुने केन्द्रहरु तथा अन्य आवश्यक सामान लगायथ झण्डै ५८ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराईसकेको छ । उपप्रधानमन्त्री पोखरेलले यसअघि नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक सारा बेस्लो न्यान्तीसँग पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट पाउने कोभ्याक्स अन्तर्गतको खोप सक्दो छिटो नेपाल ल्याउने सहजीकरण गरिदिन आग्रह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *