२०८१ वैशाख २० गते | 2nd of May 2024

एनआरएनए अमेरिका अझै साझा बनेको छैन, साझा बनाउने अभियानमा छु : लामिछाने

खुल्लामन्च
 प्रकाशित: २०७८ वैशाख ३० गते १४:४९

अस्टिन – गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष उम्मेदवार कृष्ण लामिछानेले साझा एनआरएनए निर्माणको लागि आफूहरुको टिमलाई विजयी गराउन आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली संघ अमेरिका अझै साझा बन्न नसक्नेको बताउँदै त्यसका लागि आफ्नो टिमलाई विजयी गराउन आह्वान गर्नुभएको हो ।No description available.

बुधबार टेक्ससको राजधानी अस्टिन शहरमा स्थानीयसँगको भेटभाट तथा अन्तरकृया कार्यक्रममा अध्यक्षका उम्मेदवार लामिमछानेले संस्थालाई सबैले गर्व गर्न सक्ने र लायक बनाउन आवश्यक रहेको बताउनुभएको हो । No description available.अध्यक्ष लामिछानेले एनसीसीमा परिवर्तनका लागि र त्यहाँभित्र भएका बद्मासीहरुलाई बाहिर निकालेर नेपाली समाजको लागि एउटै साझा संस्था र सबैको प्रिय फुलबारी संस्था बनाउनका लागि आफ्नो टिमलाई मतदान गर्न आग्रह गर्दै दुई वर्षमा कसैले शिर निहुराउने काम नगर्ने पनि बाचा गर्नुभयो ।सायद ७ people, including Kamal Sapkota, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

उहाँले यो गर्छु त्यो गर्छु भनेर ठूल्लाठूला आश्वासन नदिने ताउँदै भन्नुभयो, ‘मैले नेतृत्व गरेको खण्डमा संस्थाको सदस्य बनौ बनौ लाग्ने वातावरण सिर्जना गर्छु । यहाँभित्र रहेको बेथीतिलाई म व्यवस्थित गर्छु र एनआरएनएलाई साझा संस्था बनाउन म लागिपर्छु । ‘त्यस्तै, संस्थालाई सर्वमान्य, सर्वपक्षीय र अमेरिकाबासी मात्रै नभएर विश्वका सबै नेपालीहरुले विश्वास गर्न लायक बनाउन पनि आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । संस्थाभित्र रहेका सबै बेथिती र अब्यवस्थित प्रद्धतिलाई पूर्ण रुपमा परिवर्तन गर्नका लागि आफूहरु अगाडि बढेको बताउँदै अमेरिकाबासी नेपाली समुदायको पूर्ण साथ र समर्थन पाउनेमा विश्वस्त रहेको पनि बताउनुभयो । No description available.

कार्यक्रममा उपाध्यक्षका उम्मेदवार विकास उप्रेत्तिले युवा तथा महिलासहभागितामा जोड दिर्दै संस्थाभित्र आमूल परिवर्तनको खाँचो औल्याउनुभयो । एनआरएनए अमेरिकाको संस्थागत परिवर्तन र पारदर्शीता कायम गर्न आवश्यक रहेको बताउँदै त्यसको लागि सबै युवा तथा महिलाहरुको सक्रिय सहभागिता हुनुपर्ने विचार ब्यक्त गर्नुभयो । सायद ९ जना मानिसहरू, बसिरहेका मानिसहरू तथा घरभित्र को तस्बिर हुनसक्छ

कार्यक्रममा आइसिसी सदस्यका उम्मेदवारहरु सिपी पौडेल, पदम थाकुराथी, बिनोद तिवारी, ओम भटराई, सचिवका उम्मेदवार द्रोण गौतम, सह-कोषाध्यक्षका उम्मेदवार विकल ढकाल, बोर्ड डाईरेक्टरका उम्मेदवारहरु दीपक हुँमागाई, राम कुमार महत्त, श्रीकृष्ण गौतम, कमल सापकोटालगायतको सहभागिता थियो ।No description available.ग्रेटर अस्टिन नेप्लिज सोसाइटीका अध्यक्ष भोजराज भट्टको सहभागितामा सम्पन्न कार्यक्रममा टेक्सस च्याप्टरका सभापतिका उम्मेदवार सोफिन थापालगायतको सहभागिता थियो । कार्यक्रमको सञ्चालन दिपेन्द्र हुमाँगाईले गर्नुभएको थियो । कार्यक्रममा ज्ञानेन्द्र केसी, देवराज न्यौपाने, दिपक हुमाँगाई, राम कुमार महत्तो, नारायण पुरी र डा कमल अधिकारीले कृष्ण लामिछाने टिमलाई समर्थन गर्नुभएको थियो ।सायद 1 व्यक्ति, बसिरहेको तथा घरभित्र को तस्बिर हुनसक्छ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *