२०८१ वैशाख २१ गते | 3rd of May 2024

सोल्टी क्राउन प्लाजा अब ‘दि सोल्टी काठमाडौ’

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ १ गते १०:३८

काठमाडौं – काठमाडौंको ताहाचलस्थित पाँचतारे होटल सोल्टी क्राउन प्लाजा र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी) बीचको सम्झौता सकिएसँगै अब यो हाटल नयाँ ब्रान्डबाट सञ्चालनमा ल्याउने भएको छ । हाल सोल्टी क्राउन प्जाला होटलको नाममा परिचित यस होटलले आईएचजी बाहिरएसँगै अब आफ्नो नयाँ नाम ‘दि सोल्टी काठमाडौ’का रूपमा ब्रान्डिङ गरी सञ्चालनमा ल्याउने भएको हो । सोल्टी होटल व्यवस्थापनका अनुसार अहिले यस होटल पुनः ब्रान्डिङका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । अनेकौं पुरस्कारबाट पुरस्कृत तथा सम्मानित सो होटलको व्यवस्थापन तथा सञ्चालन अबदेखि आतिथ्य व्यवसायमा ५४ वर्षभन्दा बढीको अनुभव प्राप्त संस्था सोल्टी होटल लिमिटेड आफैंले गर्नेछ ।

सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्य सत्कार कम्पनी हो । ‘दि सोल्टी काठमाडौंका अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई सेफ काठमाडांै पनि लगानी रहेको छ । जो नेपालको एक मात्र इनफ्लाइट क्याटरिङ सेवा प्रदायक हो । यो अन्तर्राष्ट्रियस्तरको मापदण्डमा सञ्चालित छ । यस कम्पनीले आईएसओ २०००२०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा सञ्चालन गर्छ । यसैगरी, यस कम्पनीले हाल नेपालगन्जमा सोल्टी बेस्टेन्ड प्रिमियर पाँचतारे होटेल पनि स्थापित गरेको छ र सो होटल सम्युक्त राज्य अमेरिकाको युएस ग्रिन बिल्डिङ काउन्सिलबाट लिड लिडरसिप इन इनर्जी एन्ड एन्वायरन्मेन्टल डिजाइनद्वारा प्रमाणीकृत नेपालको एक मात्र होटल हो ।
२०२३ सालमा स्थापना भएको सोल्टी होटलमा २ सय ८५ वटा पाहुना कोठा र विशिष्टस्तरका सुइट रुम रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *