२०८१ वैशाख २२ गते | 4th of May 2024

एमालेभित्रको विवाद समाधानका लागि कार्यदल गठन

खुल्लामन्च
 प्रकाशित: २०७८ जेठ २ गते १४:१०

काठमाडौं – नेकपा (एमाले) भित्रको विवाद समाधानका लागि कार्यदल बनाइएको छ ।अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आइतबार सिंहदरबारमा भएको छलफलपछि नेताहरु सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा कार्यदलको टुंगो लगाइएको हो । कार्यदलमा दुवै पक्षबाट पाँच/पाँचजना सदस्य रहेका छन् । उक्त कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । त्यस्तै, नेपाल पक्षबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका नेता नेपालले जानकारी दिए ।

कार्यदललाई तीन दिनभित्र काम सक्न निर्देशन दिइएको छ ।गएको शुक्रबार साँझ सिंहदरबारमा नै ओली र नेपालबीच भएको बैठकले ०७५ जेठ २ आसपास फर्कनका लागि कार्यदलमा रहने सदस्यहरुको टुंगो लगाउने जिम्मा ओली र नेपाललाई दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *